१६ भाद्र २०८३, मंगलवार
,
Latest
कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन पोखरामा भोटेकोशी बाढीमा ज्यान गुमाएका १६ जनाको सनाखत, अन्य शवको व्यवस्थापन गरिँदै (तस्बिरहरु) जुम्ला उद्योग वाणिज्य संघले बाढीपीडितलाई सहयोग बाढीपीडितका लागि मधेस सरकारले आज दोस्रो चरणको राहत पुर्‍याउँदै बाढीले ३५ भन्दा बढी पुल बगाउँदा गल्छीको पुल कसरी जोगियो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली राजमार्ग खुल्यो



अ+ अ-

सुर्खेत। तीन दिनदेखि रोकिएको कर्णाली राजमार्ग मंगलबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ।

कालिकोटको गगने खोलामा गएको पहिरो हटाइएसँगै सडक खुला भएपछि यात्रुहरूको आवागमन सामान्य बनेको सडक डिभिजन कार्यालय जुम्लाले जानकारी दिएको छ।

सडक अबरुद्ध हुँदा यात्रुहरू समस्यामा परेका थिए भने नेपाली सेनाले पहिरो पन्छाउन सहयोग गरेको थियो।

गगने खोलाको सो क्षेत्र प्रायः पहिरो जाने संवेदनशील मानिन्छ। यसपटक अवरोधका कारण करिब १३ करोड मूल्य बराबरका स्याउ बोकेका ट्रकहरू बाटोमै रोकिएका थिए।