१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल

नेपालगन्जमा समुदायमा संक्रमण

नेपालगन्जमा समुदायमा संक्रमण
अ अ+ अ-

नेपालगन्‍ज, रुपन्देही । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–८ स्थित महेन्द्र पार्क (अन्सारी टोल) मा आइतबार एकै दिन १५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । नेपालगन्ज–५, डीएसपी रोडका ६० वर्षीय व्यक्तिमा शुक्रबार संक्रमण देखिएपछि उनीसँग सम्पर्कमा रहेका ९० जनाको स्वाब शनिबार संकलन गरी भेरी अस्पतालस्थित प्रयोगशालामा पीसीआर परीक्षण गर्दा थप व्यक्तिमा संक्रमण भेटिएको हो । संकलन गरिएकामध्ये आइतबार साँझसम्म ५५ जनाको स्वाब परीक्षण भएको छ, अन्यको परीक्षण जारी छ । यससँगै नेपालगन्जको मध्य बस्तीमा संक्रमितको संख्या १६ पुगेको छ । एक महिनाअघि भारतबाट फर्किएका पहिलो संक्रमित महेन्द्र पार्कस्थित मस्जिदमा नमाज पढ्न र बालबालिकालाई उर्दू भाषा पढाउन तीन जना स्थानीय बासिन्दाको घरैमा जाने गरेका थिए । उनको घरबाट महेन्द्र पार्क पुग्न मिनार मस्जिद रोड, एमपी स्कुल, रानीतलाउ मोड, जोलहनपूर्वा हुँदै जानुपर्छ । नमाज पढ्न उनी दिनमै तीनरचारपटक जान्थे ।

पुरानो र बाक्लो बस्ती भएकाले एउटै टोलमा धेरै जना संक्रमित भएको स्वास्थ्यकर्मीले जनाएका छन् । संक्रमण भेटिएका कुनै व्यक्तिमा पनि कोरोनासम्बन्धी लक्षण देखिएको थिएन । लकडाउनको समयमा पनि उक्त बस्तीका बासिन्दा एकअर्काको घरमा आउजाउ गर्दै आएका थिए । प्रदेश–५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले आइतबार १५ जनामा संक्रमण पुष्टि भएको बताए । ‘संख्या अझै बढ्न सक्ने देखिएको छ,’ उनले भने, ‘पहिलो चरणको परीक्षणमा ९ र दोस्रो चरणमा ६ जनामा पुष्टि भएको हो ।’

चिकित्सकले यहाँ कोरोना भाइरस समुदायस्तरमा फैलिएको जनाएका छन् । भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सलटेन्ट फिजिसियन तथा मेडिकल विभाग प्रमुख राजन पाण्डेले ‘कम्युनिटी ट्रान्समिसन’ भइसकेकाले तीव्र सतर्कता र कडाइ जरुरी रहेको बताए । ‘नेपालगन्जमा कम्युनिटी ट्रान्समिसन भइसक्यो,’ उनले भने, ‘अब झन् खतरा भयो ।’ यहाँ भाइरस कुन चरणमा फैलिरहेको हो भन्ने विश्लेषण र पुष्टि गर्ने काम संघीय मन्त्रालयको भएको उनले बताए । संक्रमण पुष्टि भएका एकै घरका तीन जनासम्म छन् । शुक्रबार संक्रमण पुष्टि भएका व्यक्तिका परिवारका सदस्यको कोरोना जाँच हुन अझै बाँकी छ । उनीहरूलाई नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ ।

नेपालगन्जका पहिलो संक्रमित एक महिनाअघि भारतको नानपाराबाट आएर क्वारेन्टाइनमा नबसी जबर्जस्ती घर गएका थिए । बिहीबार उनको स्वाब संकलन गरी जाँच गरेपछि शुक्रबार पोजिटिभ रिपोर्ट आएको हो । त्यसलगत्तै उनको परिवारका ६ जनासहित उनीहरूको सम्पर्कमा देखिएका ९० जनाको स्वाब संकलन गरिएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले आइतबारको घटनाले महामारीको संकेत गरेको बताए । ‘यो घटना एक व्यक्तिबाट अर्कोमा सरेको देखिन्छ, संक्रमण पुष्टि भएका व्यक्तिले अन्य थुप्रैसँग सम्पर्क गरेका हुन सक्छन्,’ उनले भने, ‘त्यसैले अवस्था निकै जटिल बनेको छ ।’ संक्रमित वृद्धबाट अन्य व्यक्तिमा संक्रमण सरेपछि नेपालगन्जका बासिन्दा त्रसित बनेका छन् । यहाँका अधिकांश बस्ती झुरुप्प छन् । आइतबारका संक्रमितमध्ये एक जना सात वर्षीय बालकसमेत छन् । संक्रमित नेपालगन्जका विभिन्न स्थानमा धेरै जनासँग घुलमिल भएका व्यक्ति हुन् । लकडाउनका बेला नेपालगन्जबाट छिमेकी जिल्ला बर्दिया, दाङ र कर्णाली प्रदेशका सर्वसाधारण घर फर्किएका छन् । त्यसले छिमेकी जिल्ला पनि जोखिममा देखिएका छन् ।

‘एक जनालाई कोरोना पुष्टि भएपछि ९० जनालाई कन्ट्याक्ट ट्रेसिङ गरियो, १५ जनामा पुष्टि भएपछि फेरि उनीहरूको कन्ट्याक्ट ट्रेसिङ गरिरहेका छौं,’ प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदकुमार गिरीले भने, ‘ट्रेसिङका लागि थप सुरक्षाकर्मी र जनशक्ति परिचालन गरिसकेका छौं ।’ शुक्रबार कोरोना पुष्टि भएका व्यक्ति भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश थापाले कोरोनाको संक्रमण देखिएका व्यक्तिलाई खजुरास्थित क्यान्सर अस्पतालमा बनाइएको आइसोलेसनमा राखेर उपचार गरिने बताए ।

‘हामी तयारी अवस्थामा छौं,’ उनले भने, ‘५० जनालाई आइसोलेसनमा राख्न सक्ने अवस्था छ ।’ सात बेड आईसीयू छन् । स्वास्थ्य निर्देशक गिरीले संक्रमण समुदायमा फैलिन सक्ने सम्भावना देखिएकाले थप जनशक्ति परिचालन गर्न लागिएको बताए । संक्रमित भेटिएपछि नेपालगन्जका चार स्थान शुक्रबारबाटै सिल गरिएको छ । नेपालगन्ज–५, डीएसपी रोड, वडा ८ महेन्द्र पार्क, धम्बोझी चोक र एकलैनी क्षेत्र सिल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । ‘संक्रमितको संख्या थपिएसँगै थप कडाइ र सतर्कता बढाएका छौं,’ उनले भने, ‘परीक्षण किट र उपकरण पनि सरकारसँग माग गर्ने निर्णय भएको छ ।’

संक्रमित बढेपछि नेपालगन्जका अधिकांश एम्बुलेन्स चालक सम्पर्कविहीन भएका छन् । आइतबार संक्रमण पुष्टि भएकालाई आइसोलेसनमा पुर्‍याउनसमेत समस्या भएपछि प्रहरी र नेपाली सेनाका चालक प्रयोग गरिएको मन्त्री सुदर्शन बरालले बताए । ‘आजै आइसोलेसनमा पुर्‍याउँछौं,’ उनले भने, ‘समस्या समाधान र थप व्यवस्थापनका लागि हामी सोमबार बिहानै नेपालगन्ज जाँदै छौं ।’ संक्रमण थप बढ्ने संकेत देखिएकाले संघीय सरकारसँग मन्त्रालयले पनि आवश्यक उपकरण र परीक्षण किट माग गरेको उनले जानकारी दिए । कान्तिपुर दैनिक