२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल ‘ए’ टोलीले जित्यो आसामविरुद्धको सिरिज



अ+ अ-

काठमाडौं। नेपाल ‘ए’ क्रिकेट टोलीले भारतको आसामविरुद्ध ५ खेलको टी–२० सिरिज विजयी बनाएको छ।

गुवाहाटीमा भएको अन्तिम खेलमा नेपालले आसामलाई ४४ रनले हराउँदै सिरिज आफ्नो पक्षमा पारेको हो।  नेपालले टस जितेर ब्याटिङ गर्दै ६ विकेट गुमाएर २०८ रन बनायो।

सन्दीप जोरा प्लेयर अफ द म्याच बने, उनले ३९ बलमा २ चौका र ५ छक्कासहित ६४ रन जोडे। कप्तान अनिल साह ११ बलमा १ चौकासहित १० रनमा आउट भए भने ओपनर इशान पाण्डेले २० बलमा ४ चौका र २ छक्कासहित ३२ रन बनाउँदै टिमलाई मजबूत शुरुवात दिलाए।

सन्दीप र शुभ कंसाकारले तेस्रो विकेटमा ८६ रनको साझेदारी गरे। शुभले २६ बलमा ४ छक्का र १ चौकासहित ४१ रन बनाए। बसिर अहमद १० रनमा रिटायर्ड आउट भए भने आदिल आलम अन्सारी ११ बलमा ३ छक्कासहित २५ रन बनाउँदै अविजित रहे। विवेक यादव ७ रनमा रनआउट भए र पवन सर्राफ २ बलमा ७ रनमा अविजित रहे। आसामका आयुशमान मालाकार र अभिनव चौधरीले समान ४ ओभर बलिङ गर्दै २–२ विकेट लिए।

जवाफमा आसामले ९ विकेट गुमाएर १६४ रन मात्रै बनाउन सक्यो। तेस्रो नम्बरमा ब्याटिङ गरेका भार्गव प्रितम लहकार १७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै २९ रनमा अविजित रहे। ओपनर सुमित घडिगाउनकर र साहिल जैनले समान २५ रन बनायो। नेपालका शेर मल्ल, आकाश चन्द र पवन सर्राफले २–२ विकेट लिए भने बसिर र आदिलले समान १–१ विकेट हात पारे।