२४ असार २०८३, बुधबार
,
Latest
ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उर्जा र पर्यटन मन्त्रीद्वारा ‘हेलो सरकार’को अवलोकन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सहज रूपमा काम गर्न एकल बहुमतको सरकार आवश्यक छ’



अ+ अ-

बैतडी। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकल बहुमतको सरकार भएमा मात्रै जनताका काम गर्न सहज हुने बताउनुभएको छ ।

यहाँको डिलाशैनी गाउँपालिका–५ को तिलाचौरमा नवनिर्मित प्रशासनिक भवनको आज उद्घाटन गर्दै उहाँले बहुमतको सरकार नहुँदा काम गर्न समस्या भएको बताउनुभयो ।

मन्त्री भण्डारीले भन्नुभयो, “जनआकाङ्क्षा धेरै छन् । चुनावमा गरेका प्रतिबद्धता पूरा गर्न सकिएको छैन । एकल बहुमतको सरकार नहुँदा समस्या भएको हो । अपेक्षाकृत विकास हुन् एकल सरकार आवश्यक छ ।”

गृह जिल्ला बैतडीको विकासका लागि आफू मन्त्री हुँदा या नहुँदा पनि सधैँ लागिपरेको उहाँको भनाइ थियो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पालले डिलाशैनीको विकास आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले डिलाशैनीको केन्द्र जोड्ने सडक र अन्य विकास निर्माणको कामलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले आफ्नै भवन निर्माण भएपछि वडाबाट सेवा प्रवाहमा सहज भएको बताउनुभयो ।

गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष यज्ञराज भट्ट यदुले गाउँपालिकाको रु ७१ लाख बजेटमा वडा कार्यालय भवन निर्माण गरिएको बताउनुभयो । एकतले भवनमा हलसहित सात कोठा रहेका छन् । रासस