काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजा र हिन्दुराष्ट्र राखेर पनि मुलुकको बिकास गर्न सकिने धारणा ब्यक्त गरेका छन् ।
आज काठमाडौंको जोरपाटीमा आयोजित तीन नम्बर क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले थापाले मुलुकको सम्पुर्ण रोग,भोक,अशिक्षा र गरिबिको कारक राजसंस्था र हिन्दु धर्मलाई दिनेहरुले देशलाई असफल राष्ट्र बनाएको आरोप लगाए ।
राजा हटाउँदा , हिन्दुराष्ट्र हटाउँदा देश बन्छ भन्ने भाष्य गलत साबित भएको उनको तर्क थियो । थापाले नेपाललाई स्विजरल्याण्ड र सिङ्गापुर बनाउछौ भन्नेहरु आज कहाँ छन्? भन्ने प्रश्न गर्दै देशलाई अब थप दुर्घटनाबाट जोगाउन राप्रपा नेपाल बलियो हुनुपर्ने जिकिर गरे ।
अहिले देशलाई जबर्जस्ती हिडाईएको बाटोबाट मुलुक थप समस्याको दलदलमा फस्ने भन्दै थापाले त्रुटिपूर्ण मार्गचित्र सच्याउन जरुरी भएको समेत बताए । उनले गणतन्त्र , धर्म निरपेक्षता र संघीयताले मुलुकको हित नगर्ने दोहोर्याए ।
कार्यक्रममा उपाध्यक्ष डा.बिष्णु भण्डारी, महामन्त्री राजाराम बर्तौला, केन्द्रिय सदस्यद्वय डा.बालकृष्ण दाहाल र डा.सुदर्शन सुबेदि तथा धिरज भण्डारीले प्रशिक्षण दिएका थिए । राप्रपा नेपालले पछिल्लो समय उपत्यकाका १५ वटै क्षेत्रमा सघन प्रशिक्षण संचालन गरिरहेको पार्टीले जनाएको छ ।










