४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल अन्तिम तयारीमा

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल अन्तिम तयारीमा
अ+ अ-

काठमाडौं । घरेलु मैदानमा बंगलादेशसँग हुने मैत्रीपूर्ण फुटबलका लागि नेपालले आफ्नो तयारीलाई तीव्रता दिएको छ ।

नेपाल र बंगलादेशबीच फिफा इन्टरनेसनल विन्डोमा आगामी सेप्टेम्बर ६ र ९ तारिखमा दशरथ रंगशालामा दुई वटा मैत्रीपूर्ण खेल हुँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमवार पत्रकार सम्मेलनमा आयोजना गर्दै आफ्नो तयारी बारे जानकार दिएको हो । पछिल्ला समयमा दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल हुन सकेको थिएन । दक्षिण एसियाली प्रतिद्वन्द्वी बंगलादेशविरुद्धको खेलसँगै लामो समयपछि नेपालको घरेलु मैदानमा अन्तर्राष्ट्रिय फुटबल फर्किनेछ । दुई देशबीच सहमति हुँदा प्रतियोगिता गर्न सकिने भएकाले यो मैत्रीपूर्ण खेल दशरथ रंगशालामा हुने भएको प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले जानकारी दिए ।

उनले यसका लागि एशियन फुटबल कन्फेडेरसनको स्वीकृति आवश्यक नपर्ने उल्लेख गरेका हुन् । यो मैत्रीपूर्ण खेलका लागि रंगशालाको २५ प्रतिशत क्षेत्र खाली नै राखिनेछ । भिआइपीमा एक हजार दुई सय र साधारणतर्फ आठ हजार टिकट बिक्री गरिने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए । दुवै खेलको टिकटिङ अधिकार एन्फाकै स्वामित्वमा रहनेछ । यद्यपि, अनलाइन बिक्रीका लागि टेन्डर खुलाइने एन्फाले उल्लेख गरेको छ । भिआइपी पारापिटमा एक हजार र सामान्य पारापिटतर्फ पाँच सय रूपैयाँ टिकट निर्धारण गरिएको छ । यो मैत्रीपूर्ण खेलको मार्केटिङ र डिजिटल अधिकार एड रिलिज प्रालीले पाएको छ । बंगलादेशको टोली आगामी बुधबार नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।

इङ्लिस प्रिमियर लिगको पूर्वक्लब लेस्टर सिटीका स्टार हेम्जा चौधरीले पनि यो मैत्रीपूर्ण खेल्ने आशामा नेपाली समर्थक छन् । यद्यपि, बंगलादेशको टोलीमा उनको सहभागिताबारे अझै अन्योल नै छ । बंगलादेशको टोलीले भद्रकालीस्थित नेपाली सेनाको खेल मैदान र च्यासलस्थित च्यासल रंगशालाको मैदानमा अभ्यास गर्नेछन् । मुख्य प्रशिक्षक म्याट रसको प्रशिक्षणमा नेपाली टोलीले प्रशिक्षण गरिरहेको छ । एन्फाले यो मैत्रीपूर्ण खेलका लागि एक करोड २७ लाख ५८ हजार अनुमानित खर्च हुने उल्लेख गरेको छ ।

एन्फाका प्रतियोगिता निर्देशक मिश्रले फ्लड लाइटमा साँझ ५ः३० बजे खेल सञ्चालन हुने जानकारी दिए । यो मैत्रीपूर्ण खेलका लागि एन्फाले गोलकिपर किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोली घोषणा पनि गरिसकेको छ । नेपाली टोलीमा समीर तामाङले पुनरागमन गरेका छन् । गत मार्चमा फिफा विश्वकप छनोटमा बहराइनविरुद्ध खेलबाट डेब्यू गरेका थिए । त्यसयता उनी टोलीबाट बाहिर थिए । नेपाली टोलीको अन्य सदस्यमा रोहित चन्द, अनन्त तामाङ, अभिषेक लिम्बु, अञ्जन बिष्ट, जलेस्पीजंग कार्की, आदित्य शाक्य, अमित लामा, एरिक बिष्ट, दीप कार्की, दिनेश हेन्जन, कुशल देउवा, लेकेन लिम्बू, मणिकुमार लामा, मनीष डाँगी, रणदीप पौडेल, रोहन कार्की, श्रीजनराज गौतम, सुवास ठकुरी बम, सुमन श्रेष्ठ, टिकेन्द्र थापा र योगेश गुरुङ छन् ।