२१ भाद्र २०८३, आईतवार
,
Latest
कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट टिपरको ठक्करबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको समृद्धिका लागि भौतिक विकास मात्रै पर्याप्त हुँदैनः राष्ट्रपति



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि भौतिक विकास मात्रै पर्याप्त नहुने बताउनुभएको छ ।

सोमवार राष्ट्रिय कविता महोत्सव पुरस्कार समर्पण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले साहित्य, कला, संगीत, संस्कृति र प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै अपरिहार्य रहेको बताउनु भयो । उहाँले नेपाल विभिन्न भाषा, जाति र अनेकौँ संस्कृतिहरुको साझा थलो भएको उल्लेख गर्दै संसारको सर्वोच्च शिखर सगरमाथा लगायतका उच्च हिमश्रृंखलाले सुशोभित शान्तिका अग्रदुत गौतम बुद्धको जन्मभूमि र कहिल्यै पराधिन नभएको स्वाधिन र स्वतन्त्र देश नेपाललाई विश्वसामु चिनाउने काममा नेपाल प्रज्ञा प्रतिष्ठानको महत्वपूर्ण भुमिका रहेको बताउनु भयो । नेपाली जनताको लामो त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई प्राज्ञिक रुपमा स्थापित गर्ने दायित्व पनि नेपाल प्रज्ञा प्रतिष्ठानकै भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मुलुकको समृद्धिका लागि भौतिक विकास मात्रै पर्याप्त हुँदैन । साहित्य, कला, संगीत, संस्कृति र प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै अपरिहार्य छ । नेपाल विभिन्न भाषा, जाति र अनेकौँ संस्कृतिहरुको साझा थलो हो । संसारको सर्वोच्च शिखर सगरमाथा लगायतका उच्च हिमश्रृंखलाले सुशोभित शान्तिका अग्रदुत गौतम बुद्धको जन्मभूमि र कहिल्यै पराधिन नभएको स्वाधिन र स्वतन्त्र देश नेपाललाई विश्वसामु चिनाउने काममा नेपाल प्रज्ञा प्रतिष्ठानको महत्वपूर्ण भुमिका छ । नेपाली जनताको लामो त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई प्राज्ञिक रुपमा स्थापित गर्ने दायित्व पनि नेपाल प्रज्ञा प्रतिष्ठानकै हो ।’

राष्ट्रपति पौडेलले हरेक मानिसको जीवनमा भाषा, साहित्य र संस्कृतिको महत्व ठूलो हुने बताउनु भयो । नेपालको शान र पहिचान भनेकै भाषा, साहित्य र संस्कृति रहेको बताउनु भयो । यसको विकास र उत्थान गर्नु नेपालीहरुको साझा दायित्व रहेको बताउनु भयो ।