१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम

प्रतिपक्षी दलहरुलाई काँग्रेस सांसद सिटौलाको आग्रहः कुलिङ पिरियडमा एमाले मान्यो, उमेरहदमा तपाईहरु मान्नुस्

प्रतिपक्षी दलहरुलाई काँग्रेस सांसद सिटौलाको आग्रहः कुलिङ पिरियडमा एमाले मान्यो, उमेरहदमा तपाईहरु मान्नुस्
अ अ+ अ-

नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले निजामती सेवामा अनिवार्य अवकाशको उमेर हद ५८ वर्षबाट ५९ बनाउने सरकारको प्रश्ताव मान्न प्रतिपक्षी दलहरुलाई आग्रह गर्नुभएको छ ।

सोमवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा भएको संघिय निजामति सेवा विधेयक सम्बन्धी छलफलमा उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

सत्तारुढ दल नेकपा एमालेका सांसदहरुले कुलिङ अफ पिरियड नराख्ने गरी संसोधन प्रश्ताव हालेको उल्लेख गर्नुहुँदै उहाँले एमाले यसबाट पछि हटेको बताउनु भयो । कुलिङ अफ पिरियड राख्ने कुरामा समेत सर्वसहमति भएकोले उमेरहदको बिषयमा पनि धेरै विवाद गर्न नहुनेमा उहाँले जोड दिनुभयो । उहाँले संघीय निजामति ऐन २०८१ सालमा नै बनेको भए यसबेला ५९ वर्ष नै उमेरहद कायम हुने पनि उल्लेख गर्नुभयो । प्रतिनिधि सभाले बनाएको कानूनलाई आधार मानेर हेर्ने हो भनेपनि अहिले राष्ट्रिय सभाले ५९ वर्ष राख्दा फरक नपर्ने उहाँको भनाई छ । उहाँले प्रतिनिधि सभाले पारित गरेका कतिपय विषय राष्ट्रिय सभाले परिवर्तन गरेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘२०८१ सालमा यो कानुन बनिसकेको भए, ८१ मा पारित गरेर राज्यव्यवस्था समितिले प्रतिनिधिसभाबाट । त्यसबेला नै कानुन बनेको भए त्यसबेला नै ५८ हुन्थ्यो । अहिले ५९ हुन्थ्यो । त्यसकारण संसदले बनाएको कानुनलाई, प्रतिनिधिसभाले बनाएको कानुनलाई आधार मानेर गर्ने हो भने अहिले हामीले ५९ राख्दा केही फरक पर्दैन । अब केही कर्मचारीहरु अहिले ५८ गर्दा एक वर्ष बढी अहिले ५८, ५९ अनि ६० तीन वर्ष बढ्ने भो । तीन वर्ष पुग्ने भए यही कायम राख्दा । अहिले ५९ राख्यो भने अर्को दुई वर्षमा अवकाशमा जाने भए । यो फण्डामेन्टल चेन्ज कसरी भयो भने यो पछि कतिले के के पश्न खडा गर्छन विधेयकभित्र यो चाँही मलाई थाहा छैन । तर ६० पुगेपछि संविधानको ६५ मा माथी प्रश्नहरु उठ्न चाहीँ थाल्छन्, अब ।’

‘यसकारण मेरो चाँही भनाई के छ भने हामीले यति कुरामा चाँही विचार गरेर यो अहिले ५९ राखेर जाँदा हुन्छ भन्ने नै हो । सरकारको तर्फबाट यति कुरा आएपछि यसमा हामीले लचकता अपनाउनुपर्छ जस्तो मलाई लाग्यो । दुईटा कुरामा हामीले फण्डामेन्टल कुरमा कम्प्रमाईज गरेका छौँ । एउटा सह–सचिवको पदलाई खुला गर्ने कुरामा हामीले कम्प्रमाईज गरेका छौँ, यहाँ प्रतिनिधिसभाले यसलाई बन्द गरेको थियो । दोस्रो कुलिङ अफ पिरियडमा पनि हामीले कम्प्रमाईज गरेका छौँ । सरकारको तर्फबाट कुलिङ अफ पिरियड नराख्ने जस्तो गरेर आयो र यहाँ एमालेका केही सांसद साथीहरुले राखेको संसोधन हेर्दाखेरी त्यो नराख्ने जस्तो पाईन्छ, त्यहाँनेर । तर कुलिङ पिरियड राख्ने कुरामा पनि सबै साथीहरु सहमत भईसक्नुभयो भने यो कुरामा यति कम्प्रमाईज गर्दा केही नोक्शान हुँदैन भन्ने हाम्रो तर्फबाट चाहीँ विचार राखे यसमा साथीहरुले पुनःविचार गर्दिनुस् ।’ 

उहाँले विपक्षी दलहरुलाई निजामती सेवामा अनिवार्य अवकाशको उमेरहद ५८ वर्षबाट ५९ बनाउने सरकारको प्रश्तावमा कम्प्रमाईज गर्दा केही नोक्शान नहुने बताउनु भयो ।