३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन ओलम्पिक काउन्सिलद्वारा रवि र निलेन्द्रलाई २ वर्षको प्रतिबन्ध



अ+ अ-

काठमाडौँ । एसियन ओलम्पिक काउन्सिल (ओसीए)ले नेपालका दुई खेल संघका पदाधिकारीलाई  दुई वर्षका लागि निलम्बन गरेको छ ।

ओसीए कार्यकारी बोर्डको अगस्ट २८ मा बसेको बैठकले नेपाल एक्‍वेस्ट्रियन संघका अध्यक्ष रवि राजकर्णिकार र नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठलाई तत्काल प्रभावबाट निलम्बन गर्ने निर्णय गरेको हो ।

एथिक्स कमिटीको निर्णय र सिफारिसका आधारमा निर्णय गरिएको जनाइएको छ ।

ओसीएले दुवैलाई पत्र लेखेर आगामी २ वर्ष ओसीएसँग सम्बन्धित कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने जनाएको छ ।

यस निर्णयका बारेमा दुई जनासँगै जीवनराम श्रेष्ठ अध्यक्ष रहेको ओलम्पिक कमिटी र सम्बन्धित खेल संघलाई पनि बोधार्थ गरी पत्र लेखिएको छ ।

रवि र निलेन्द्र दुवै एनओसी तदर्थ समितिका सदस्य पनि हुन् ।