१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम

पार्टीका नेता कार्यकर्तालाई एमाले महासचिवको निर्देशनः वडा तहसम्म पार्टी कार्यालय सञ्चालन गर्नू

पार्टीका नेता कार्यकर्तालाई एमाले महासचिवको निर्देशनः वडा तहसम्म पार्टी कार्यालय सञ्चालन गर्नू
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वडा तहसम्म पार्टी कार्यालय स्थापना र सञ्चालन गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित आनन्दप्रसाद पोखरेलद्वारा लिखित पुस्तक कम्युनिष्ट पार्टी निर्माणका आधारको विमोचन गर्दै उहाँले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने उद्देश्य हासिल गर्न पनि हरेक वडा तहसम्म पार्टी कार्यालय सञ्चालन गर्न सिंगो पार्टी पंक्तिलाई सचेत गराउनुभएको हो ।

अझै पनि पार्टीको काम पालिका तहसम्म मात्रै क्रियाशील रहेको उल्लेख गर्दै महासचिव पोखरेलले त्यसले एमालेलाई  निर्णायक राष्ट्रिय शक्ति बनाउने उद्देश्य हासिल गर्न नसक्ने बताउनु भयो । उहाँले पार्टीको नीतिअनुसार जनमत तयार गर्नसक्दा मुलुकमा राजनीतिक अस्थिरताको सबै भन्दा ठूलो समस्या अझै पनि रहेकाले त्यसलाई अन्त्य गर्नेगरी पार्टी कामलाई तल्लो तहसम्म पु¥याउन आवश्यक रहेको पनि बताउनु भयो । महासचिव पोखरेलले वडालाई पार्टी कामको केन्द्र बिन्दु बनाउने कुराले मात्रै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरण गर्न सकिने बताउनु भयो । उहाँले एमालेको नीतिलाई राष्ट्रिय नीतिको रुपमा अघि बढाउने सामथ्र्य विकास हुने गरी पार्टी काममा लाग्नुपर्ने समेत बताउनु भयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘हामीले हाम्रो पार्टीमा टोल कमिटीको अवधारणा बनायौं । तर टोल कमिटीको सन्दर्भको कुरा गर्दा हामी पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति कुरा त गर्दैछौं । तर निर्णायक राष्ट्रिय शक्ति बनाउनका लागि जग के हो ? भन्दा हाम्रो पार्टीको कामको बेस क्याम्प मान्दा वडा कमिटीलाई बेस क्याम्प मान्ने हो भने पुग्नुपर्ने ठाउँ हाम्रो टोल कमिटीहरु नै हाम्रो उद्देश्य पूरा गर्ने माध्यम बन्न सक्दछ । तर अझै पनि हामी वडालाई केन्द्रबिन्दु बनाएर पार्टी काम गर्ने अभ्यासतर्फ प्रवेश गर्न सकेका छैनौ । अझै पनि हामो कामको क्षेत्र कहाँ सिमित छ भने धेरै तल गयो भने पालिका तहसम्म पुग्यो भने पार्टी क्रियाशील छ भन्ने प्रकारको बुझाई र निष्कर्ष हाम्रो हुने गरेको छ । यो प्रकारको पालिकातहसम्मको जीवन्तता नै पार्टीको सफलता भन्ने भन्ने कुरा हामी गयौं भने प्रतिस्पर्धाका कारण श्रेष्ठता हासिल गर्ने नीतिमा हामी सफल हुन सक्छौ कि सक्दैनौ भन्दा सक्दैनौं । म कमरेडहरुलाई के भन्न चाहन्छु भने नेपालको राजनीति भित्रको सबभन्दा ठूलो चुनौतिको रुपमा रहेको राजनीतिक अस्थिरता के कारणले जन्मिएको छ भन्दा हामीले जनमतलाई नीतिको आधारमा धुव्रिकरण गर्न नसक्दाको परिणाम हो  । अर्थात हाम्रो नीति जनमत धु्रविकरणको माध्यम अझै बन्न सकेको छैन । हामीले सबै भन्दा धेरै लोकपिय मत प्राप्त गरेको मत ३४/३५ प्रतिशत मात्रै हो । त्यो भन्दा धेरै मत प्राप्त गर्न सकेका छैनौं ।’

‘निर्णायक शक्ति निर्माणका लागि ३४ प्रतिशत मत मात्रै त्यो पनि सबभन्दा बढि लोकप्रिय भएका बेला हामी जनमतलाई ध्रुबीकरण गरिरहेका छौ भने हामीले निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने उद्देश्य हासिल गर्नका लागि अहिलेसम्म गरेका अभ्यासहरुबाट हामी उद्देश्य हासिल गर्न सक्दछौं ? सक्दैनौं । त्यस अर्थमा आवश्यक्ता के कुराको छ भने हामीले हाम्रो संगठनात्मक प्रणालीलाई स्थापित गर्न जरुरी छ । जसलाई हामी श्रृंखलावद्ध कमिटी प्रणालीको रुपमा त्यसको जगको रुपमा टोल तहका कमिटीहरुको सञ्जाल निर्माण गर्ने कुरा आजको पार्टी निर्माणको मूल पक्ष बन्नुपर्दछ । टोल तहसम्म पार्टीलाई निर्माण गर्ने हो भने हरेक वडामा हाम्रो पार्टी कार्यालय स्थापना भएको हुनु पर्दछ । म काठमाडौंका कमरेडहरुलाई भन्न चाहन्छु–यहाँका वडाहरुमा हामीले पार्टी कार्यालय निर्माण र सञ्चालन गर्ने सामथ्र्य जुटाउन सकेका छौ कि छैनौँ ? हरेक वडामा पार्टी कार्यालय निर्माण गर्ने र संचालन गर्ने सामथ्र्य जुटाउन सकेका छैनौ भने हामी स्वभाविक रुपमा निर्णायक राष्ट्रिय शक्ति निर्माणको सामथ्र्य जुटाउन सकेका छैनौ ।’

‘वडा तहसम्म पार्टी कार्यालय संचालन गर्ने कुरा गाह्रो छ भन्ने निष्कर्षमा हामी पुग्यौ भने हाम्रो क्षमता सीमित छ भनेर बुझ्नुपर्दछ । होइन हामी गरी छाडदछौं भन्ने हो भने त्यसले सामथ्र्य निर्माण गर्दछ । वडा तहमा पार्टी कार्यालय संचालन गर्ने सामथ्र्यले नै पार्टी निर्माणलाई टोल तहसम्म विस्तार गर्ने आधार प्रदान गर्दछ भन्ने कुरालाई हामीले बुझनु पर्दछ । आजको सन्दर्भमा हामीले पार्टीलाई निर्णायक राष्ट्रियशक्ति बनाउने कुराको सन्दर्भमा कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा यो पक्षलाई ध्यान दिनुपर्दछ भन्ने  म राख्न चाहन्छु । निर्णायक राष्ट्रिय शक्ति भनेको के हो ? एमालेको नीति एमालेका लागि मात्रै हुनुचाँही निर्णायक होइन, एमालेको नीति राष्ट्रको नीति बनाउने सामथ्र्यको निर्माण हो । जतिबेला हामी एमालेको नीतिलाई राष्ट्रको नीति बनाउने सामथ्र्य राख्दछौं । त्यतिबेला एमाले निर्णायक राष्ट्रिय शक्ति बन्दछ । यद्यपि अहिले पनि हाम्रो पार्टी सरकारको नेतृत्व गरिरहेको छ । तर हाम्रा नीतिहरुलाई राष्ट्रको नीति बनाउने एकल सामथ्र्यमा हामी पुगेका छैनौं ।’ 

महासचिव पोखरेलले एमाले एमालेले जबजको नीति लिएको र त्यसलाई सामयिक बनाउँदै लैजानुपर्ने पनि बताउनु भयो ।