१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम

एससिओका लागि विकास बैंकमा विस्तारित भूमिका बढाउने चिनियाँ राष्ट्रपति सीको चाहना

एससिओका लागि विकास बैंकमा विस्तारित भूमिका बढाउने चिनियाँ राष्ट्रपति सीको चाहना
Chinese President Xi Jinping gives a speech during the Shanghai Cooperation Organization (SCO) summit at the Meijiang Convention and Exhibition Center in Tianjin, China, Monday, Sept. 1, 2025. (Suo Takekuma/Pool Photo via AP)
अ अ+ अ-

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार चियानजिनमा आयोजित साङ्घाई सहयोग सङ्गठन (एससिओ) को वार्षिक शिखर सम्मेलनमा चीनले एससिओ विकास बैंकको स्थापना प्रक्रियालाई तीव्र बनाउन प्रयास गर्ने बताउनुभएको छ ।

“हाल, विश्व अवस्था अझ जटिल र अशान्त बन्दै गइरहेको छ । सदस्य राष्ट्रहरूले अझ कठिन सुरक्षा र विकाससम्बन्धी जिम्मेवारीको सामना गरिरहेका छन्”, सीले फोरममा आफ्नो प्रारम्भिक सम्बोधनमा भन्नुभयो ।

उहाँले आगामी तीन वर्षमा एससिओ सदस्य राष्ट्रहरूलाई एक अर्ब ४० करोड डलर ऋण दिने वाचा गर्नुभयो । यद्यपि उहाँले यो रकम नयाँ बैंकका लागि मात्र नभएको स्पष्ट पार्नुभयो ।

यस शिखर सम्मेलनमा सी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा अन्य दर्जनौँ राष्ट्रका नेताहरू सहभागी हुनुहुन्थ्यो ।

मूलतः मध्य एसियामा अमेरिकी प्रभावलाई सन्तुलन गर्न स्थापित यस समूहको आकार र प्रभाव पछिल्ला वर्षहरूमा विस्तार भए पनि, यो अझै धेरै हदसम्म सुरक्षा फोरमका रूपमा चिनिन्छ ।

बैंक र ऋण उपलब्ध गराउने प्रस्तावमार्फत सीले संस्थाको दायरा विकासतर्फ विस्तार गर्ने सङ्केत दिनुभएको छ ।

– चीनको सन्देश –

सिङ्गापुरको नेसनल युनिभर्सिटीस्थित ली कुआन येव स्कुल अफ पब्लिक पोलिसीका प्राध्यापक अल्फ्रेड वुलेका अनुसार अमेरिकाको नेतृत्वमा रहेको व्यवस्था कमजोर हुँदै गएकाले सी वैकल्पिक विश्व व्यवस्था प्रस्तुत गर्न चाहनुहुन्छ । यही नै उहाँको मुख्य सन्देश हो ।

सीले राष्ट्रहरूले ‘शीतयुद्धको मानसिकता, ब्लक–आधारित टकराव र बदमाशीको विरोध गर्नुपर्छ, संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय प्रणालीको रक्षा गर्नुपर्छ’ भन्दै ‘समान र व्यवस्थित बहुध्रुवीय विश्व, समावेशी आर्थिक भूमण्डलीकरण र न्यायपूर्ण तथा उचित विश्वव्यापी शासन प्रणाली निर्माणमा योगदान दिनुपर्ने’ बताउनुभयो ।

यो सन्देश चीनका अघिल्ला अभिव्यक्तिबाट फरक थिएन । शीतयुद्ध मानसिकताको विरोध प्रायः अमेरिकालाई लक्षित हुन्छ । वुलेका अनुसार चीनले कहिलेकाहीँ केही संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूलाई कोष कटौती गरेको भए पनि, अहिलेको अवस्थामा यसको स्थिरता नै सन्देश हो ।

सन् २००१ मा स्थापना भएको एससिओमा अहिले रुस, बेलारुस, चीन, भारत, इरान, कजाकिस्तान, किर्गिजस्तान, पाकिस्तान, ताजिकिस्तान र उज्बेकिस्तान सदस्य छन् । अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक राष्ट्र हुन् भने दक्षिणपूर्व एसिया र मध्यपूर्वका १४ राष्ट्र ‘संवाद साझेदार’ का रूपमा संलग्न छन् ।

यस वर्षको शिखर सम्मेलन चीनले आयोजना गर्ने योजनाबद्ध सैन्य परेडको केही दिनअघि भइरहेको छ, जसलाई बेइजिङले आफ्ना सहयोगी तथा छिमेकीलाई आमन्त्रित गर्ने अवसरको रूपमा लिएको छ ।

– द्वन्द्वमा ध्यान केन्द्रित –

आइतबार सीले भारतीय प्रधानमन्त्री मोदीसँग भेटेर सीमा विवादबारेका मतभेद समाधान गर्ने वाचा गर्नुभयो । यी विवादहरूले सन् २०२० मा सम्बन्धमा तनाव ल्याएका थिए, जसमा लद्दाख, अरुणाचल प्रदेश र भुटान नजिकका विभिन्न क्षेत्रमा सीमा असहमति छन् ।

पुटिनले आइतबार सीसँग भेटेर मङ्गलबार हुने द्विपक्षीय वार्ताअघि कुराकानी गर्नुभएको थियो । उहाँले भन्नुभयो, “अलास्कामा हालै सम्पन्न उच्चस्तरीय रुसी–अमेरिकी शिखर सम्मेलनले युक्रेनमा शान्तिको बाटो खोल्दै अघि बढेको छ भन्ने मलाई आशा छ ।”

हालै चीन–रुसको विकाससम्बन्धी सन्देश विशेषरूपमा प्रबल बनेको छ । चिनियाँ आधिकारिक समाचार एजेन्सी सिन्ह्वासँगको अन्तर्वार्तामा पुटिनले दुवै देश ‘भेदभावपूर्ण प्रतिबन्धहरूको विरोधमा’ रहेको बताउनुभयो । उहाँका अनुसार, यस्ता प्रतिबन्धहरूले विश्वको सामाजिक–आर्थिक विकासमा ठूलो आघात पुर्‍याएका छन् ।

पुटिनले रुस र चीनले मिलेर अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमफ) र विश्व बैंकको सुधारलाई समर्थन गर्ने बताउनुभयो । उहाँले भने, “वित्तलाई नव–उपनिवेशवादको साधनका रूपमा प्रयोग गर्ने प्रथालाई अन्त्य गर्न आवश्यक छ, किनभने यसले विश्वको बहुमत राष्ट्रको हितविपरीत काम गर्छ ।”

– सुरक्षा अझै प्राथमिकता –

चीनले एससिओलाई विश्वस्तरमा प्रभावकारी मञ्च बनाउन चाहे पनि यसको वास्तविक प्रभावकारिता अझै प्रश्नमा छ । विगतमा यस सङ्गठनको प्राथमिकता सधैँ सुरक्षा रहँदै आएको छ, जसले ‘तीन शक्ति’ – आतङ्कवाद, पृथकतावाद र चरमपन्थ – विरुद्ध लड्ने दाबी गरेको छ ।

तर आलोचकहरूले भने यसलाई फरक तरिकाले हेर्छन् । “एससिओको आतङ्कवाद विरोधी अभ्यासले वास्तविक आतङ्कवादसँग जुध्ने भन्दा पनि प्रायः अधिनायकवादी शासनलाई खतराबाट जोगाउने काम गर्छ”, दक्षिणी क्यालिफोर्निया विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक डेरेक ग्रसम्यानले भन्नुभयो, “प्रतिस्पर्धी सङ्गठनहरू पनि छन् । ब्रिक्स समूहसँग प्रमुख अर्थतन्त्रहरू जोडिएकाले पश्चिमसँग प्रतिस्पर्धामा त्यसलाई बढी सम्भावना छ ।”

“यद्यपि एससिओ शिखर सम्मेलनको प्रभाव र पहुँच सीमित नै रहन सक्छ, तर एउटा कुरा प्रष्ट छ– चीन अहिले कूटनीतिक उत्थानमा छ भने अमेरिका आत्मविनाशको बाटोमा छ”, ग्रसम्यानले निष्कर्ष निकाल्नुभयो ।