२१ भाद्र २०८३, आईतवार
,
Latest
बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर…
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा बैठक दुई घण्टा ढिला बस्ने



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाको बैठक निर्धारित समयभन्दा दुई घण्टा पछि बस्ने भएको छ ।

आज अपराह्न १ः१५ बजेका लागि बोलाइएको राष्ट्रियसभा बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएकाले अपराह्न ३ः१५ बजे बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

निर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली २०७५ अनुसार अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा बैठक दुई घण्टापछि बस्नेगरी निर्धारण गर्नुभएको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेद्वारा जारी सूचनामा उल्लेख छ ।

आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची छ । यस्तै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धीपत्रको व्यहोरा जानकारी गराउने तथा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने कार्यसूची छ ।