काठमाडौँ । इग्लिस प्रिमियर लिग च्याम्पियन टोलि लिभरपुलले कीर्तिमान रकममा न्युक्यासल युनाइटेडका अलेक्जान्डर इसाकलाई अनुबन्ध गर्ने भएको छ ।
यसका लागि लिभरपुलले १२५ मिलियन पाउण्ड रकम र ५ मिलियन पाउण्ड थप गरेर कुल १३० मिलियन पाउण्ड खर्चेको छ ।
यो प्रिमियर लिग इतिहासमा अहिलेसम्मकै सबैभन्दा महँगो सम्झौता हो । लिभरपुलसँग इसाकको सम्झौता ६ वर्षको रहेको बताइएको छ ।
उनी सोमबार मेडिकल परीक्षणका लागि लिभरपुल पुग्ने तयारीमा छन् । गत सिजनमा इसाकले २३ गोल गर्दै उच्च गोलकर्ताको सूचीमा दोस्रो स्थानमा थिए ।










