२१ भाद्र २०८३, आईतवार
,
Latest
गोरखाको चुमनुब्री–४ मा बाढीपीडितका लागि राहत पठाइँदै राप्रपाका महामन्त्री शरदराज पाठकद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजिट भिसा प्रकरणमा छानविन आयोग गठन नभए सडक आन्दोलनमा जान बाध्य हुन्छौंः राजेन्द्र लिङदेन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले भिजिट भिसा प्रकरण छानविनका लागि उच्चस्तरीय आयोग गठन नगरे आफूहरुको सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिनुभएको छ ।

आईतवार झापामा सञ्चारकर्मीमाझ उहाँले आफूले सो माग सम्बोधन नभएसम्म संसद अवरुद्ध बनाउने कार्यलाई निरन्तरता दिने र आवश्यक परे राष्ट्रिय स्वतन्त्र पार्टीसहित आफ्नो पार्टी सडक आन्दोलनमा जानसक्ने बताउनुभएको हो ।

अध्यक्ष लिङदेनले आफूहरुले सदन अवरुद्ध गरेपनि त्यसलाई बेवास्ता गर्ने र अघि बढाउने काम  गरेको भन्दै सभामुख देवराज घिमिरेको भुमिकाप्रति पनि असन्तुष्टि व्यक्त गर्नु भयो । आफूहरुको मागलाई सरकारले पनि उपेक्षा गरेको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो । अध्यक्ष लिङदेनले सो प्रकरणमा छानविनका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर सहजता प्रदान गर्नुपर्ने पनि दोहो¥याउनु भयो ।

उहाँले भन्नुभयो, ‘भिजिट भिसा प्रकरणमा नैतिकता छ भने गृहमन्त्रीले राजीनामा दिएर छानविनका लागि सहयोग गर्नुपर्छ भनेर हामीले भन्यौं । उहाँले राजीनामा दिएर सहयोग गर्नुहुन्न भने पनि छानविन आयोग त गठन हुनुप¥यो नि त । भोली दोषी ठहरियोभने त उहाँ कारबाहीमा परिहाल्नु हुन्छ । राजीनामा पनि दिई हाल्नु हुन्छ भनेर भन्दा पनि सुन्दा पनि नसुनेर जुन ढंगले संसदलाई सभामुखले अगाडि बढाइराख्नुभएको छ । सरकारले पनि जुन ढंगले उपेक्षा गरिराखेको छ । मलाई लाग्छ–त्यो नेपाली जनताले हेरिराखेको छ । र, आगामी दिनमा नेपाली जनताले यसको मूल्यांकन गर्नेनै छ । हामी कम्तीमा पनि यो सेसनमा हामी यसरी नै निरन्तर विरोधमा रहन्छौं । र, आवश्यक प¥यो भने दुई वटा पार्टी सडकमा आउनसक्ने अवस्था पनि हुन्छ ।’

उहाँले फरक प्रसंगमा आफूले पार्टीमा नयाँ साथीहरुलाई जिम्मेवारी दिने क्रममा गल्ती भए सच्चिएर अघि बढ्न तयार रहेको पनि बताउनु भयो ।