२८ असार २०८३, आईतवार
,
Latest
गणेश नेपाली प्रकरण: शव अझै टिचिङ अस्पतालमै, सहमतिको खोजीमा फेरि वार्ता हुने अमेरिका–इरान तनाव चर्कियो, दुवै पक्षबाट आक्रमण जारी खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण पूर्वस्वीकृतिबिनै भारतीय विमानस्थलबाट श्रमिक पठाउने १५९ म्यानपावर कारबाहीमा नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी वन संरक्षणसँगै आयआर्जनमा सघाउँदै कञ्चनपुरकाे मध्यवर्ती सामुदायिक वन टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्डः दुइको मृत्यु, चार घाइते सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव ६ महिना यताकै न्युन बिन्दुमा सेयर बजारः नयाँ सरकार गठनपछि नेप्से ३५० अंकले गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगमा आज लिभरपुल र आर्सनल भिड्दै



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज चार खेलहरु हुँदैछन् ।

म्यान्चेस्टर सिटीले ब्राइटनसँग प्रतिस्पर्धा गर्दैछ भने वेस्टहाम र नटिङहम फरेस्ट भिड्दैछन् ।

आजको विशेष खेल गत सिजनको विजेता लिभरपुल र उपविजेता आर्सनलबीच हुँदैछ । खेल नेपाली समयानुसार राति ९ः१५ बजे सुरु हुनेछ ।

खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ । जारी सिजनमा दुई खेल सकिँदासम्म दुबै टोलिले शतप्रतिशत जित निकालेका छन् ।

लिभरपुलले पहिलो खेलमा बर्नमाउथलाई ४–२ ले हराएको थियो भने दोस्रो खेलमा न्युक्यासललाई ३–२ गोलले पराजित गरेको थियो ।

अर्कोतर्फ आर्सनलले पहिलो खेलमा म्यान्चेस्टर युनाईटेडलाई १–० गोलले हराउँदा लिड्स युनाइटेडमाथि ५–० को फराकिलो जित निकालेको थियो ।

यस्तै, आज नै अन्तिम तथा तेस्रो खेलमा राति पौने १२ बजे एस्टन भिल्ला र क्रिस्टल प्यालेसबीच प्रतिस्पर्धा हुँदैछ ।