६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगमा आज लिभरपुल र आर्सनल भिड्दै



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज चार खेलहरु हुँदैछन् ।

म्यान्चेस्टर सिटीले ब्राइटनसँग प्रतिस्पर्धा गर्दैछ भने वेस्टहाम र नटिङहम फरेस्ट भिड्दैछन् ।

आजको विशेष खेल गत सिजनको विजेता लिभरपुल र उपविजेता आर्सनलबीच हुँदैछ । खेल नेपाली समयानुसार राति ९ः१५ बजे सुरु हुनेछ ।

खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ । जारी सिजनमा दुई खेल सकिँदासम्म दुबै टोलिले शतप्रतिशत जित निकालेका छन् ।

लिभरपुलले पहिलो खेलमा बर्नमाउथलाई ४–२ ले हराएको थियो भने दोस्रो खेलमा न्युक्यासललाई ३–२ गोलले पराजित गरेको थियो ।

अर्कोतर्फ आर्सनलले पहिलो खेलमा म्यान्चेस्टर युनाईटेडलाई १–० गोलले हराउँदा लिड्स युनाइटेडमाथि ५–० को फराकिलो जित निकालेको थियो ।

यस्तै, आज नै अन्तिम तथा तेस्रो खेलमा राति पौने १२ बजे एस्टन भिल्ला र क्रिस्टल प्यालेसबीच प्रतिस्पर्धा हुँदैछ ।