१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घिमिरेको प्रश्न– ‘अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन बदल्न सक्यौँ त ?’ News Polar काँग्रेसको १५ औँ महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल News Polar कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि लामिछाने News Polar दसैँ नजिकिएसँगै काठमाडाैँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल News Polar आदिवासी जनजाति क्लस्टरबाट केन्द्रीय सदस्यमा विजय सम्बाहाम्फेको उम्मेदवारी News Polar कांग्रेसको १५औँ महाधिवेशनमा खुलामञ्च भरिभराउ, शीर्ष नेताको उपस्थिति News Polar तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन प्रचण्ड खुलामञ्च पुगे News Polar कांग्रेस सभापति थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव News Polar ‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’ News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन एमाले महासचिव पोखरेल पुगे News Polar भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम बन्द गर्नुपर्छ : प्रभु साह News Polar एमाले संसदीय दलको बैठक च्यासलमा सुरु News Polar काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा

तत्कालीन द्वन्द्व पीडितले न्याय नपाएकामा चिन्ता

तत्कालीन द्वन्द्व पीडितले न्याय नपाएकामा चिन्ता
अ अ+ अ-

कञ्चनपुर । कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका सनम चौधरी आज पनि बुबा फर्केर आउने आशामा हुनुहुन्छ । पच्चीस वर्ष बितिसक्दा पनि उहाँका बुबा तारानाथ चौधरी घर फर्कनुभएको छैन । तत्कालीन द्वन्द्वकै समयमा डकर्मी (मजदुरी) काम गरिरहेकै उहाँ बेपत्ता हुनुभएको थियो ।

तत्कालीन समयमा नौ वर्षका रहेका सनम अहिले पनि बुबाको अनुहार झलझल्ती सम्झिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “द्वन्द्व समाप्त भएको दुई दशक बढी बितिसक्यो तर बुबा कहिल्यै फर्कनुभएन ।” घरको कमाउने एक्लो सदस्य हराएपछि १२ वर्षकै उमेरदेखि उहाँले हलो जोत्ने कार्यमा लाग्नुपर्यो । त्यसैले विद्यालय पढ्ने अधिकारबाट वञ्चित हुनुपर्यो, बीचमै विद्यालय छाड्नुपरेको दुखेसो उहाँ पोख्नुहुन्छ ।

कृष्णपुर नगरपालिका–३ का लक्ष्मी चौधरीको पीडा पनि सनमकै जस्तै छ । उहाँका छोरी घरबाटै रहेको वेपत्ता हुनुभयो । “बूढाबूढी रोगी छौँ, सहारा कोही छैन”, उहाँले गहभरि आँसु पार्दै भन्नुभयो, “घरको एक्लो छोरी बेपत्ता पारिएपछि नदीको बीच धारमा फसेजस्तो छ, न यता जान सक्छौँ न उतातिर ।”

बेलौरी नगरपालिका–४ का दीपक चौधरीका भाइ भागिराम चौधरी २०५९ सालमा बेपत्ता हुनुभएको थियो । दीपक भन्नुहुन्छ, “ तत्कालीन विद्रोही भएको आरोप लगाइयो, तर भागिराम कुनै पनि गतिविधिमा संलग्न थिएनन्, कसैले सुराकी गरेकै कारण निर्दोष भाइलाई लगेर बेपत्ता पारियो ।”

यस्तै, बेलौरी नगरपालिका–१० भुडाका जीतबहादुर चौधरीका बुबा सन्तराम चौधरी घाँस काट्न खेत गएका बेला बेपत्ता भएको परिवार बताउँछ । जीतबहादुर भन्छन्, “चाडपर्व आउँदा अझ बढी बुबाको सम्झना आउँछ, बाटोमा बुबा आइपुग्छन् कि भनेर अझै पर्खिरहेकी आमा सपनामा समेत बुबालाई देख्छिन्, तर विडम्बना, निद्राबाट उठ्दा बुबा छैनन् भन्ने यथार्थ झन् पीडादायी हुन्छ ।

यसरी बेपत्ता पारिएका नागरिकका परिवारलाई न्याय दिन भनेर सरकारले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्यो । तर यी दुवै आयोग वर्षौँसम्म पीडितका उजुरी विवरण सङ्कलन गर्ने काममै सीमित रहे । न्यायका लागि द्वन्द्वपीडित समाज नेपाल, जिल्ला कार्यसमितिका अध्यक्ष जीतबहादुर चौधरीले दुवै आयोगले आफ्नो ध्येय अनुसार काम गर्न नसकेको गुनासो गर्दै दलगत भागवण्डाका आधारमा गठन भएकाले पारदर्शिता र विश्वसनीयता गुमाएको आरोप लगाउनुभयो ।

“पीडितको प्रतिनिधित्व नै नभएको आयोग पीडितमैत्री हुन सक्दैन”, उहाँले भन्नुभयो । अहिलेको आयोग पनि भागवण्डाकै आधारमा गठन भएकाले न्याय पाउनेमा उहाँ आशङ्का व्यक्त गर्नुहुन्छ । सहिद तथा बेपत्ता परिवारका पूर्वअध्यक्ष नरेन्द्रप्रसाद चौधरी बारम्बार आयोग गठन हुँदाहुँदै पनि पीडितले न्याय नपाएकामा चिन्ता व्यक्त गर्नुहुन्छ । उहाँका अनुसार निकै सङ्घर्षको बलमा सरकारबाट बेपत्ता पारिएका व्यक्तिका परिवारजनलाई राहतस्वरुप रु १० लाख र परिचयपत्रमात्र हालसम्म उपलब्ध हुनसकेको छ ।

एड्भोकेसी फोरमका वीरबहादुर विष्ट पीडितको प्रत्यक्ष प्रतिनिधित्व हुनेगरी आयोग गठन नगरेसम्म सत्य र न्याय सम्भव हुन नसक्ने तर्क गर्नुहुन्छ ।

विस्तृत शान्ति सम्झौताका २० वर्ष र संविधान कार्यान्वयनका १० वर्ष बितिसक्दा पनि बेपत्ता पीडितको जीवनमा खासै परिवर्तन आएको छैन । संविधानले परिकल्पना गरेको समानता, न्याय र अधिकार बेपत्ता परिवारका लागि अझै अपूरो सपना बनेको उहाँ बताउनुहुन्छ ।

शान्ति सम्झौतामा स्पष्ट प्रावधान राखिएको थियो, ६० दिनभित्र बेपत्ता पारिएका नागरिकको अवस्थाबारे सत्यतथ्य सार्वजनिक गर्ने तर आजसम्म पनि त्यो प्रावधान लागू हुन नसकेको बेपत्ता परिवारका सङ्गीता चौधरी बताउनुहुन्छ । जिल्लामा ९९ जना बेपत्ता भएको तथ्याङ्क छ । रासस