३ भाद्र २०८३, बुधबार
,
Latest
मानवीय सेवामा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न गृहसचिव श्रेष्ठको आग्रह किरण थापालाई समर्थनबारे बुझाइएको पत्र आधिकारिक नभएको राप्रपाको स्पष्टोक्ति ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोग्बा, ओजिल र नेमारले क्लब छाड्ने सम्भावना



अ+ अ-

लन्डनः युरोपेली फुटबल लिगमा राम्रो प्रभाव पार्न सफल फ्रेन्च मिलफिल्डर पल पोग्बा, जर्मन मिडफिल्डर मेसट ओजिल र ब्राजिली फरवार्ड नेमारले आआफ्ना क्लबबाट बिदा हुने तयारीमा रहेका चर्चा हुन थालेको छ ।

हुनत म्यान्चेस्टर युनाइटेडका फरवार्ड पोग्बाले लामो समयदेखि क्लब छाड्ने चर्चा हुने गरेको थियो । प्रिमियर लिगमा कमजोर प्रदर्शन गरिरहेको युनाइटेडका खेलहरुमा चोटका कारण लामो समयदेखि खेल्न नसकेका पोग्बालाई बिक्री गर्न युनाइटेड आफैं उत्सुक देखिएको छ ।

२७ वर्षीय पोग्बालाई खरिद गर्न इच्छुक रियल म्याड्रिडले युनाइटेडसँग प्रस्ताव गर्न लागेको स्पेनी अखबार मुन्डो डिपोर्टिभोले लेखेको छ ।

यस्तै एट्लेटिको म्याड्रिडका मिडफिल्डर थोमस पार्टीले त आफू आर्सनल जान इच्छा देखाइसकेका छन् ।

टर्कीको क्लब फानरबाखले आर्सनलमा रहेका जर्मन मिडफिल्डर ३१ वर्षीय मेसट ओजिललाई अर्को वर्षका लागि क्लबमा ल्याउन चाहेको सन पत्रिकाले जनाएको छ ।

उता पेरिस सेन्ट–जर्मेनमा खासै बस्न इच्छुक नदेखिएका ब्राजिली फरवार्ड नेमार पुनः स्पेनी क्लब बार्सिलोना फर्कन इच्छुक रहेको मुन्डो डिपोर्टिभोले जनाएको छ । २८ वर्षीय फरवार्ड नेमार स्पेन जानेक्रममा आफ्नो शुल्कमा ५० प्रतिशत कटौती गर्न पनि राजी भएको बताइएको छ ।

आर्सनल र चेल्सी दुबै टिम टर्कीका मिडफिल्डर १९ वर्षीय ओर्कुन कोकुलाई टिममा ल्याउन संघर्षरत छन् ।