७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई बालेनको शुभकामना– लिपुलेक हाम्रो हो भन्ने चीनलाई सम्झाउन नबिर्सनु होला !



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको शुभकामना दिएका छन् । उनले चीन भ्रमणमा हिँडेका प्रधानमन्त्रीलाई केही सुझावसमेत दिएका छन् ।

महानगर प्रमुख बालेनले आज सामाजिक सञ्जालमार्फत लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सन आग्रह गरेका हुन् ।

महानगर प्रमुख बालेनले नेपालको लिपुलेक नाकाबाट व्यापार पुन: सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्–

चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यु ।

नेपालको लिपुलेक नाकाबाट व्यापार पुन: सञ्चालन गर्ने भारत-चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला ।

All the best हामीलाई तपाईं माथी पुर्ण बिश्वास छ ।