काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० बाँदरेमोडस्थित सडक अवरुद्ध भएको छ ।
माथिबाट सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी बन्द भएको हो ।
अहिले अस्थायी प्रहरी पोष्ट जवाङखोला, प्रहरी चौकी जोगिमा र इलाका प्रहरी कार्यालय गजुरीको टोली पहिरो पन्छाउन खटिएको छ ।
सडक अवरुद्ध हुँदा गन्तव्यका लागि छुटेका यातायातका साधन अलपत्र परेका छन् ।










