८ भाद्र २०८३, सोमबार
,
Latest
जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना त्रास: मास्क नलगाएको कारण गार्डको हत्या



अ+ अ-

वासिङ्टन, (एजेन्सी) । अमेरिकामा एक महिला र उनका पति तथा छोरालाई सुरक्षा गार्डको हत्या गरेको अभियोग लगाइएको छ । तिनीहरुका छोरीलाई मास्क नलगाएको कारण एउटा पसलमा छिराउन नदिएको झोंकमा तिनीहरुले शुक्रबार ४३ वर्षीय काल्भिन मनर्लिनको टाउको पछाडि गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

कोभिड–१९ को सबैभन्दा बढी प्रभावित राज्य मिचिगनको फिलन्टस्थित फेमिली डलर स्टोरमा यो घटना घटेको हो । ४५ वर्षीया महिला सर्मल टिगुकी छोरीलाई मास्क नलगाइ पसलमा आउन नसकिने बताएको केही क्षणपछि नै उनका ४४ वर्षीय पति ल्यारी टिगु र २३ वर्षीय छोरा रामोनिया बिसपले सांघातिक आक्रमण गरेका थिए ।

सार्मेल टिगुलाई प्रहरीले पक्राउ गरेको छ भने उनका पति र छोरा अझै फरार रहेका छन् । तर उनकी छोरीलाई भने कुनै पनि अभियोग लगाइएको छैन ।