१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएनहरुले नेपालको सम्पती बेचेर विदेशमा लैजान हुन्नः पूर्वअध्यक्ष आचार्य



अ+ अ-

काठमाडौ । गैरआवसिय नेपाल संघका एनआरएनएका पूर्वअध्यक्ष कुल आचार्यले एनआरएनहरुलाई दोहोरो नागरिकता दिएपछि सम्पती बेचेर लैजाने गरेको आरोप लाग्ने गरेको बताउनुभएको छ ।

गैरआवासीय नेपाली संघ एआरएनए उच्चस्तरीय समितिले संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई नगद तथा जिन्सी सामग्री हस्तान्तरण गर्न आयोजना गरेको कार्यक्रममा उहाँले त्यस्तो आरोप लागेपनि एनआरएनहरुलाई नागरिकता दिने हो भने सम्पती बेचेर नजाने स्पष्ट पार्नुभयो । उहाँकाअनुसार एनआरएनहरुले अझै पनि सहजै नागरिकता नपाउँदा सम्पती बेचेर जानुपर्ने अवस्था रहेको छ । त्यसको अन्त्यका लागि सरकारले सहजै गैरआवसिय नेपालीहरुलाई नागरिकताको प्रवन्ध गर्नुपर्ने उहाँले बताउनु भयो । जन्मुभूमिको माटो बेचेर संसारभर रहेका नेपालीले सम्पती विदेशमा लैजान पनि नहुने आचार्यको भनाइ रहेको छ । उहाँले विदेशमा रहेका नेपालीहरुले आर्जेको कमाइ नेपालमै लगानी गर्नुपर्ने समेत बताउनुभयो ।

पूर्वअध्यक्ष आचार्यले भन्नुभयो– ‘जन्मभूमिको माटो बेचेर विदेशी भूमिमा नलगदिनुस् । हामीले जतिसकिन्छ नेपालमै लगानी गरौँ । देशमा जस्तो अवस्था भएपनि एनआरएनहरुले गरेको लगानी राम्रै भएका छन् । त्यस्तो नराम्रो केही भएको छैन् । मातृभूमिको माटो बेच्नु हुँदैन मेरो सबैमा अनुरोध यही छ ।’

कार्यक्रममा गैरआवासीय नेपाली संघ उच्चस्तरीय समितिका प्रतिनिधिहरूले संघको आगामी कार्यक्रम र गतिविधि सहज बनाउन आवश्यक सहयोगस्वरूप नगद तथा जिन्सी सामग्री उपलब्ध गराएका थिए ।