२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज आणविक परीक्षणविरुद्धको अन्तरराष्ट्रिय दिवस



अ+ अ-

काठमाडौँ । आज आणविक परीक्षणविरुद्धको अन्तरराष्ट्रिय दिवस हो । सन् २०१० देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा आणविक हतियारहरुको पूर्ण उन्मूलनका लागि विश्व समुदायलाई एकताबद्ध गराउने उद्देश्यले यो दिवस मनाउन प्रारम्भ गरिएको हो ।

आणविक हातहतियारले निम्त्याउने विनाश, त्यसविरुद्धका विविध गतिविधि, सम्मेलन, सञ्चारमाध्यमबाट विभिन्न चेतनामूलक सामग्रीको प्रचारप्रसार गरेर आज यो दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदैछ ।

यो दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिया गुटरेसले आज सङ्क्षिप्त सन्देश दिँदै आणविक परीक्षणको ८० औँ वार्षिकोत्सव मनाइरहँदा विगतमा गरिएका दुई हजारभन्दा बढी आणविक हतियारको परीक्षणलाई विर्सन नहुने र अब उप्रान्त त्यस्ता गतिविधि नदोहोर्याउने प्रण गर्नुपर्नेमा जोड दिनुभएको छ । रासस