२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेश सुरक्षा समितिले शान्ति, विपद् र लागुऔषध नियन्त्रणमा कडा कदम चाल्ने निर्णय



अ+ अ-

काठमाडौँ। बागमती प्रदेश सुरक्षा समितिले प्रदेशभरि शान्ति सुरक्षा सुदृढीकरण, प्राकृतिक विपद् व्यवस्थापन, लागुऔषध नियन्त्रण र प्रमुख चाडपर्वमा सतर्कता कायम राख्न नयाँ रणनीति र निर्देशन जारी गरेको छ।

बुधबार साँझ मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको उपस्थितिमा बसेको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारीको अध्यक्षतामा सामाजिक सञ्जाल निगरानी, प्राकृतिक प्रकोप व्यवस्थापन र सुरक्षा सतर्कता विषयमा निर्देशन पारित गरिएको छ।

बैठकले वर्षा, बाढी र पहिरोबाट हुने क्षति कम गर्न उच्चस्तरीय पूर्वतयारी गर्न, अवैध हातहतियार नियन्त्रण गर्न र लागुऔषध उत्पादन तथा ओसारपसार रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

चाडपर्वको समयमा जनतालाई सुरक्षित राख्न सुरक्षा निकायले निगरानी र तयारी गर्नुपर्ने जिम्मेवारी पनि बैठकले दिएको छ। साथै, सामाजिक सञ्जालमार्फत गलत सूचना फैलाउने वा द्वन्द्व सृजना गर्ने गतिविधि नियन्त्रण गर्न प्रदेश प्रहरीलाई आदेश दिइएको छ।

प्रदेश सुरक्षा समितिका संयोजक शिवराज अधिकारीका अनुसार यी कदमहरूले प्रदेशभरि शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सहयोग पुर्याउने विश्वास गरिएको छ।