१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय



अ+ अ-

काठमाडौं। भक्तपुर जिल्ला अदालतले आशिका तामाङ र शरण तिरुवालाई पाँच दिन कैद र पाँच सय रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ।

न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले बिहीबार गरेको निर्णयअनुसार उनीहरूलाई आपराधिक उपद्रवसम्बन्धी मुद्दामा दोषी ठहर गरिएको हो।

साँगास्थित झोलुंगे पुलमा रकम उठाउनेबारे टाँसिएको सूचना तामाङले च्यातेको आरोपमा दायर मुद्दामा अदालतले सजाय सुनाएको अदालतका सूचना अधिकारी हिरा भण्डारीले जानकारी दिए।