१० श्रावण २०८३, आईतवार
,
Latest
ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवका लागि फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर थानाभर्‍याङ क्षेत्रमा पुरुष मृत अवस्थामा फेला जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव मोबाइल नदिएको निहुँमा साथीको हत्या झापामा गत आवमा ३९३ लागुऔषधका मुद्दा दर्ता कञ्चनपुरमा भारत सरकारको सहयोगमा विद्यालय भवन रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु एनएफपिजे नेपालद्वारा ‘फोटो पत्रकारका लागि कृत्रिम बौद्धिकता सीप’ कार्यशाला सम्पन्न बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सचिवालय बैठकले के–के निर्णय गर्यो ?



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको संगठन गतिविधि, प्रशिक्षण कार्यक्रम, हस्ताक्षर अभियानलगायतका विषयमा गहन छलफल र समिक्षा गरेको छ ।

रास्वपाको आज सम्पन्न सचिवालय बैठकले विभिन्न निर्णय गरेको हो । जसअनुसार रास्वपाले केन्द्रीय सङ्गठन विभाग, केन्द्रीय प्रशिक्षण विभाग, केन्द्रीय अभियान तथा प्रचारप्रसार विभाग र प्रवास नेपाली सम्पर्क विभागलाई थप गतिशील बनाउने निर्णय गरेको छ ।

यस्तै, बैठकले प्रदेश तथा जिल्ला संगठनलाई थप रणनीतिक रूपमा सशक्त बनाउन, वडा अधिवेशन, पालिका अधिवेशन र जिल्ला अधिवेशन तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्य, तालिका र कार्यनीति तयारीका लागि आवश्यक अख्तियारी प्रदेश इन्चार्जलाई दिने र संगठन सुदृढीकरणका लागि रणनीतिक प्रस्ताव सचिवालयमा पेश गर्न निर्देशन दिने निर्णय पनि गरेको छ ।

रूपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया लोकतान्त्रिक, पारदर्शी, जनपक्षीय र योग्यताका आधारमा हुने व्यवस्थाको सर्वत्र स्वीकार्यता देखिएकोप्रति कृतज्ञता व्यक्त गर्दै यस कार्यमा सहयोग पुर्‍याउने रूपन्देहीका नागरिकहरू तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा रास्वपाले धन्यवाद ज्ञापन पनि गरेको छ ।

बैठकले पार्टीले सञ्चालन गर्ने प्रारम्भिक निर्वाचन कार्यविधि, २०८२ र वडा परिषद् कार्यविधि, २०८२ स्वीकृत पनि गरेको छ ।

यस्ता छन् निर्णयहरुः
१. पार्टीको संगठन गतिविधि, प्रशिक्षण कार्यक्रम, हस्ताक्षर अभियानलगायतका विषयमा गहन छलफल र समिक्षा ।

२. केन्द्रीय सङ्गठन विभाग, केन्द्रीय प्रशिक्षण विभाग, केन्द्रीय अभियान तथा प्रचारप्रसार विभाग र प्रवास नेपाली सम्पर्क विभागलाई थप गतिशील बनाउने ।

३. प्रदेश तथा जिल्ला संगठनलाई थप रणनीतिक रूपमा सशक्त बनाउन, वडा अधिवेशन, पालिका अधिवेशन र जिल्ला अधिवेशन तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्य, तालिका र कार्यनीति तयारीका लागि आवश्यक अख्तियारी प्रदेश इन्चार्जलाई दिने र संगठन सुदृढीकरणका लागि रणनीतिक प्रस्ताव सचिवालयमा पेश गर्न निर्देशन दिने ।

४. रूपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया लोकतान्त्रिक, पारदर्शी, जनपक्षीय र योग्यताका आधारमा हुने व्यवस्थाको सर्वत्र स्वीकार्यता देखिएकोप्रति कृतज्ञता व्यक्त गर्दै यस कार्यमा सहयोग पुर्‍याउने रूपन्देहीका नागरिकहरू तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा धन्यवाद ज्ञापन गरियो । साथै आगामी छनोट प्रक्रियामा पनि साथ दिन अनुरोध गरियो ।
प्रारम्भिक छनोट प्रक्रियामा असाध्यै मेहनत, उत्साह र इमानदारीका साथ सहभागी हुनुभएका नौ उम्मेदवारहरूको भूमिकाप्रति कृतज्ञता व्यक्त गर्दै, प्रारम्भिक निर्वाचनलाई महत्वपूर्ण मानिएकोले सामाजिक आचारसंहिताभित्र रही सद्भावपूर्ण सहभागिताका लागि सबैलाई आह्वान ।

५. पार्टीले सञ्चालन गर्ने प्रारम्भिक निर्वाचन कार्यविधि, २०८२ र वडा परिषद् कार्यविधि, २०८२ स्वीकृत ।

६. विज्ञहरुको योगदान आब्हानस् कृषि, स्वास्थ्य, उद्योग तथा वाणिज्य, श्रम तथा रोजगार तथा सहकारी क्षेत्रका विज्ञहरूलाई सम्बन्धित क्षेत्रका समस्या विश्लेषण, समाधानका उपायहरूको पहिचान तथा अन्वेषण गर्ने र विज्ञहरूसँगको छलफलमार्फत राष्ट्रिय समृद्धिमा योगदान पुर्‍याउन आवश्यक नीति–कार्यक्रमका सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यमा संलग्न गराउने निर्णय गरियो ।

यसै सन्दर्भमा, उल्लेखित क्षेत्रका विज्ञहरूलाई मन, वचन र कर्मले राष्ट्र निर्माणमा योगदान दिन आह्वान गरिएको छ ।