२७ जेष्ठ २०८३, बुधबार
,
Latest
एमसिए–नेपालद्वारा दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य शुभारम्भ सनातन राज्यको पक्षमा बोल्दा बलात्कार र ज्यान मार्ने धम्की आयोः खुश्बु ओली प्रधानमन्त्रीको स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको अवरोध कायमै श्रमबजारका चुनौती सामना गर्न नीतिगत लचकतामा जोड प्रधानमन्त्री स्वयंले स्पष्टिकरण दिनुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्ष राईको माग प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्य बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा नष्ट वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ अर्थसमितिमा बजेटबारे छलफलः सकारात्मक भए पनि कार्यान्वयनमा चुनौती अर्थमन्त्री वाग्लेलाई राप्रपा सांसद शाहीको प्रश्नः संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा दक्षिण कोरियाली कम्पनीले हरित हाइड्रोजन र फ्युल सेल प्लान्ट स्थापना गर्ने, एमाओयुमा हस्ताक्षर



अ+ अ-

काठमाडौं । नेपालमा कोरियन कम्पनीले हरित हाइड्रोजन र फ्युल सेल प्लान्ट स्थापना गर्ने भएको छ ।

यसका लागि लगानी बोर्ड नेपाल  र दक्षिण कोरियाको जी–फाइलोस को–अपरेटिभ लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । बिहीवार  काठमाडौंमा आयोजित कार्यक्रममा दुई पक्षबीच विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयारी गर्न सहमति भएको हो । यो परियोजना सफल भएमा नेपालमा पहिलोपटक हरित हाइड्रोजन उत्पादन र फ्युल सेल प्रविधि भित्रन सक्नेछ ।

सम्झौताअनुसार कोरियाली कम्पनीले प्रविधि, अनुभव र लगानीका सम्भावनाहरु प्रश्तुत गर्नेछ भने लगानी बोर्ड नेपालले आवश्यक नीतिगत तथा प्राविधिक सहयोग उपलब्ध गराउनेछ । हरित हाइड्रोजनलाई भविष्यको शुद्ध उर्जा स्रोत मानिँदै आएको छ, जसले नेपालमा नवीकरणीय ऊर्जाको दायरा थप विस्तार गर्ने अपेक्षा गरिएको छ ।

यस परियोजनाले नेपालमा वातावरणमैत्री उद्योग विस्तार, रोजगार सिर्जना र दिगो उर्जा सुरक्षामा योगदान पु¥याउने विश्वास गरिएको छ ।
लगानी बोर्डकाअनुसार फिलोसले सात अर्ब बढी लगानीको प्रश्ताव गरेको छ । जसमा कम्पनीले ग्रिन हाइड्रोजन अध्ययन लगायतका काम गर्नेछ । कम्पनीले २० मेगावाट क्षमताबाट हाइड्रोजन उत्पादन शुरु गर्नेछ ।

कम्पनीले कहाँ प्लान्ट बनाउने यकिन भइसकेको छैन । ग्रिन हाइड्रोजन प्लान्ट स्थापनाको लागि आएको यो पहिलो विदेशी लगानीसम्बन्धी प्रस्ताव हो । उक्त प्लान्टले नेपालको खेर जाने जलविद्युत्बाट प्रयोग गरी इलेक्ट्रोलाइसिस विधि (पानी र विद्युतको रासायनिक प्रक्रिया) मार्फत हरित हाइड्रोजन उत्पादन गर्ने लक्ष्य राखेको छ । उत्पादित ग्रिन हाइड्रोजनलाई स्टिल तथा मल उद्योग, अमोनियम नाइट्रेट उत्पादन एवं भण्डारणमा गर्न सकिनेछ ।

जेठ १३ मा बसेको लगानी बोर्डको ६३ औँ बैठकले उक्त कम्पनीलाई नेपालमा ग्रिन हाइड्रोजन उत्पादनको पाइलट प्लान्ट र फ्युल सेल प्लान्ट स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययनको अनुमति दिएको थियो । एमओयुकार्यक्रममा लगानी बोर्डका सीईओ सुशील ज्ञवाली, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतको उपस्थिति रहेको थियो ।