३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल साउथ अस्ट्रेलियासँग पराजित



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली आफ्नो पहिलो अभ्यास खेलमा साउथ अष्ट्रेलियासँग पराजित भएको छ । अष्ट्रेलिया आज भएको खेलमा नेपाल साउथ अष्ट्रेलियासँग तीन विकेटले पराजित भएको हो ।

नेपालले प्रस्तुत गरेको एक सय ४७ रनको लक्ष्य पछ्याएको साउथ अष्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । साउथ अष्ट्रेलियाका लागि विन्टरले सर्वाधिक ३६ रनको योगदान दिए । होगेनबोइजिमले २८, कप्तान हार्वेले २७, ड्रियुले २४ र मनेन्टीले २२ रनको योगदान दिए ।

नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादवले दुई र कप्तान रोहितकुमार पौडेलले एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ४६ रनको योगफल बनाएको थियो ।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ३२ रनको योगदान दिए भने दीपेन्द्रसिंह ऐरीले २६, आसिफ शेखले २२, आरिफ शेखले २१ र सोमपाल कामीले अविजित १८ रन बनाए । साउथ अष्ट्रेलियाका लागि थोम्पसन, ब्राउन र मनेन्टीले समान दुईरदुई विकेट लिए भने म्याकफाडेन र मेन्जिसले समान एकरएक विकेट लिए ।