२७ जेष्ठ २०८३, बुधबार
,
Latest
एमसिए–नेपालद्वारा दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य शुभारम्भ सनातन राज्यको पक्षमा बोल्दा बलात्कार र ज्यान मार्ने धम्की आयोः खुश्बु ओली प्रधानमन्त्रीको स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको अवरोध कायमै श्रमबजारका चुनौती सामना गर्न नीतिगत लचकतामा जोड प्रधानमन्त्री स्वयंले स्पष्टिकरण दिनुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्ष राईको माग प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्य बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा नष्ट वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ अर्थसमितिमा बजेटबारे छलफलः सकारात्मक भए पनि कार्यान्वयनमा चुनौती अर्थमन्त्री वाग्लेलाई राप्रपा सांसद शाहीको प्रश्नः संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले २ लाखसम्म तलबको व्यवस्था गर्ने



अ+ अ-

काठमाडौं, भदाै १२। सूचना प्रविधि (आइटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले अधिकतम २ लाख रुपैयाँसम्म तलबको व्यवस्था गर्ने भएको छ ।

सरकारले गरेको यो निर्णयलाई प्राविधिक क्षेत्रका विज्ञ तथा सरोकारवालाले स्वदेशमै रोजगारी सिर्जना गर्ने सुखद कदमका रूपमा लिइएको छ। सरकारका अनुसार अनलाइनमार्फत सार्वजनिक सेवा विस्तार गर्दा ढिलासुस्ती गर्ने, सेवाग्राहीसँग घुस वा कमिसन माग्ने प्रवृत्ति नियन्त्रण हुने छ । ‘यसबाट अनलाइन मार्फत सरकारी सेवा विस्तार गर्दा काममा ढिलासुस्ती गर्ने, घुस र कमिसन लिने प्रवृत्ति नियन्त्रण हुनेछ भने सूचना प्रविधिको दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोकिने छ’, प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।

अहिलेसम्म प्राविधिक ज्ञान भएका युवाहरू पर्याप्त अवसर नपाएर विदेश पलायन हुने गरेको अवस्थामा सरकारले ल्याएको यो तलब व्यवस्था ‘ब्रेन ड्रेन’ रोक्ने उपायका रूपमा पनि लिइएको छ । साथै, यसले सफ्टवेयर प्रणाली विकास र सञ्चालनमा लाग्ने लागत अनुमानलाई यथार्थपरक बनाउने सरकारको दाबी छ । ‘यसले सफ्टवेयर प्रणाली विकासको लागत अनुमानलाई यथार्थपरक बनाउने छ, आइटी पढेको हाम्रो जनशक्तिका लागि यो सुखद कदम हो’, उहाँले लेख्नु भएको छ ।

आइटी पढेका र दक्षता हासिल गरेका युवालाई आकर्षित गर्ने गरी ल्याइएको यो योजनाबाट स्वदेशमै रोजगारीको वातावरण बन्ने र प्राविधिक क्षेत्रमा लगानी गर्ने निजी क्षेत्रलाई पनि प्रोत्साहन हुने अपेक्षा गरिएको छ ।