काठमाडौं । नेपाली हिन्दू महिलाले मनाउने हरितालिका तीज बैंककमा पनि भव्य रुपमा मनाइएको छ । बैंककको कोयनाम थाइ चाइनिज मन्दिरमा गत आइतबार तीज पर्व मनाइएको हो ।
नेपाली संघ बैंकक शाखाअन्तर्गतको महिला विभागले कार्यक्रम गरी तीज मनाएको हो । तीज कार्यक्रममा थाइल्यान्डका सरकारीहरु, प्रवासी नेपालीहरुलगायत सहभागी भए ।
प्रवासी नेपाली चेलिबेटीहरुलाई माईतको झल्को दिने गरी सम्मान गरी दर समेत खुवाईएको थियो । सो अबसरमा तीज कार्यक्रममा सांस्कृतिक कार्यक्रमसमेत गरिएको थियो ।














