२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाली पूर्वकप्तान माइकल क्लार्कलाई क्यान्सर



अ+ अ-

एजेन्सी। अष्ट्रेलियाका पूर्वक्रिकेट कप्तान माइकल क्लार्कलाई फेरि छालाको क्यान्सर पत्ता लागेको छ। ४४ वर्षीय क्लार्कले सामाजिक सञ्जालमार्फत नाकमा देखिएको क्यान्सरयुक्त गाँठो शल्यक्रिया गरेर हटाइएको बताएका छन्।

क्लार्कले स्वास्थ्य सचेतना आवश्यक रहेको भन्दै सबैलाई नियमित परीक्षणमा ध्यान दिन आग्रह गरेका छन्। उनले भने, “छालाको क्यान्सर गम्भीर समस्या हो, रोकथाम उपचारभन्दा प्रभावकारी हुन्छ। समयमै पहिचान नै मेरो लागि महत्त्वपूर्ण बन्यो।”

यसअघि सन् २००६ मा पनि क्लार्कलाई छालाको क्यान्सर पत्ता लागेको थियो। त्यतिबेला उनले घामबाट जोगिन र छालाको परीक्षण गराउन आग्रह गरेका थिए।

सन् २००३ देखि २०१५ सम्म अन्तर्राष्ट्रिय क्रिकेट खेलेका क्लार्कले टेस्ट, एकदिवसीय र टी–२० सबै प्रारूपमा अष्ट्रेलियाको कप्तानी गरेका थिए। उनको कप्तानीमै अष्ट्रेलियाले २०१५ मा विश्वकप जितेको थियो।