४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

अष्ट्रेलियाली पूर्वकप्तान माइकल क्लार्कलाई क्यान्सर

अष्ट्रेलियाली पूर्वकप्तान माइकल क्लार्कलाई क्यान्सर
अ+ अ-

एजेन्सी। अष्ट्रेलियाका पूर्वक्रिकेट कप्तान माइकल क्लार्कलाई फेरि छालाको क्यान्सर पत्ता लागेको छ। ४४ वर्षीय क्लार्कले सामाजिक सञ्जालमार्फत नाकमा देखिएको क्यान्सरयुक्त गाँठो शल्यक्रिया गरेर हटाइएको बताएका छन्।

क्लार्कले स्वास्थ्य सचेतना आवश्यक रहेको भन्दै सबैलाई नियमित परीक्षणमा ध्यान दिन आग्रह गरेका छन्। उनले भने, “छालाको क्यान्सर गम्भीर समस्या हो, रोकथाम उपचारभन्दा प्रभावकारी हुन्छ। समयमै पहिचान नै मेरो लागि महत्त्वपूर्ण बन्यो।”

यसअघि सन् २००६ मा पनि क्लार्कलाई छालाको क्यान्सर पत्ता लागेको थियो। त्यतिबेला उनले घामबाट जोगिन र छालाको परीक्षण गराउन आग्रह गरेका थिए।

सन् २००३ देखि २०१५ सम्म अन्तर्राष्ट्रिय क्रिकेट खेलेका क्लार्कले टेस्ट, एकदिवसीय र टी–२० सबै प्रारूपमा अष्ट्रेलियाको कप्तानी गरेका थिए। उनको कप्तानीमै अष्ट्रेलियाले २०१५ मा विश्वकप जितेको थियो।