२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मूलधारका दलहरू एकअर्कालाई देखाएर पन्छिन मिल्दैन : मुख्यमन्त्री कँडेल



अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मूलधार ठूला तीन दलले एकअर्कालाई दोष देखाएर पन्छिन नमिल्ने बताउनुभएको छ ।

सुर्खेतको रामघाटमा आज आयोजित कार्यक्रममा उहाँले निराशा बाँडेर जनताबाट विश्वास जित्ने नसकिने बताउनुभयो । दलीय मतभिन्नतालाई थाती राखेर जनतामाझ आशा र विश्वास दिलाउनसके राजनीति र विकासले सही मार्ग पहिल्याउने उहाँको भनाइ छ ।

“एकअर्कालाई कमजोर देखाउन केही भएको छैन भनेर निराशा बाँड्न हुँदैन, ठूला तीन दल पालैपालो शासन सत्तामा छौँ”, उहाँले भन्नुभयो, “हामीले भएका राम्रा सकारात्मक कामहरू सत्तापक्ष प्रतिपक्षमा विभाजित नभई प्रष्ट भन्न सक्नुपर्छ, जसले जनतालाई व्यवस्थाप्रति भरोसा जगाउन मद्दत पुग्दछ ।”

कर्णाली प्रदेशसभा सदस्य एवं पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले प्रदेश सरकारले प्रहरीलाई सबल, सक्षम र सुविधासम्पन्न बनाउने ध्येयका साथ विभिन्न स्थानमा भवन निर्माणको योजना सञ्चालन गरिएको बताउनुभयो । प्रदेश सरकारका पूर्वमन्त्री खड्कबहादुर खत्रीले तमाम चुनौतीका बाबजुद भवन निर्माण कार्य पूरा भएको बताउनुभयो ।

भेरीगङ्गा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले सुविधासम्पन्न भवनबाट शान्तिसुरक्षा र अपराध नियन्त्रणजस्ता कार्यमा प्रहरी सफल हुनुपर्ने विचार व्यक्त गर्नुभयो । एक करोड ५७ लाख ५८ हजार ३८० रुपैयाँ लागतमा सम्झौता भए पनि भवन भने एक करोड ३२ लाख सात हजार ७२ रुपैयाँमा सम्पन्न भएको हो । रासस