२१ भाद्र २०८३, आईतवार
,
Latest
रसुवाको भोटेककोशी बाढीः १ हजार ३ सय ४२ को शव फेला गृहमन्त्री गुरुङद्वारा ‘जेन–जी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास सर्वोच्चको निर्णय पर्खिनु पर्छः नेता लेखक रसुवा बाढीमा कर्णालीका १६८ जनाको अवस्था अज्ञात बाढीपहिरोको जोखिम न्यूनीकरण गर्न तयारी र सतर्कता अपनाउन निर्देशन बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खाद्यान्न ढुवानी सुरु भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु भोटेकोशी बाढीः यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मूलधारका दलहरू एकअर्कालाई देखाएर पन्छिन मिल्दैन : मुख्यमन्त्री कँडेल



अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मूलधार ठूला तीन दलले एकअर्कालाई दोष देखाएर पन्छिन नमिल्ने बताउनुभएको छ ।

सुर्खेतको रामघाटमा आज आयोजित कार्यक्रममा उहाँले निराशा बाँडेर जनताबाट विश्वास जित्ने नसकिने बताउनुभयो । दलीय मतभिन्नतालाई थाती राखेर जनतामाझ आशा र विश्वास दिलाउनसके राजनीति र विकासले सही मार्ग पहिल्याउने उहाँको भनाइ छ ।

“एकअर्कालाई कमजोर देखाउन केही भएको छैन भनेर निराशा बाँड्न हुँदैन, ठूला तीन दल पालैपालो शासन सत्तामा छौँ”, उहाँले भन्नुभयो, “हामीले भएका राम्रा सकारात्मक कामहरू सत्तापक्ष प्रतिपक्षमा विभाजित नभई प्रष्ट भन्न सक्नुपर्छ, जसले जनतालाई व्यवस्थाप्रति भरोसा जगाउन मद्दत पुग्दछ ।”

कर्णाली प्रदेशसभा सदस्य एवं पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले प्रदेश सरकारले प्रहरीलाई सबल, सक्षम र सुविधासम्पन्न बनाउने ध्येयका साथ विभिन्न स्थानमा भवन निर्माणको योजना सञ्चालन गरिएको बताउनुभयो । प्रदेश सरकारका पूर्वमन्त्री खड्कबहादुर खत्रीले तमाम चुनौतीका बाबजुद भवन निर्माण कार्य पूरा भएको बताउनुभयो ।

भेरीगङ्गा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले सुविधासम्पन्न भवनबाट शान्तिसुरक्षा र अपराध नियन्त्रणजस्ता कार्यमा प्रहरी सफल हुनुपर्ने विचार व्यक्त गर्नुभयो । एक करोड ५७ लाख ५८ हजार ३८० रुपैयाँ लागतमा सम्झौता भए पनि भवन भने एक करोड ३२ लाख सात हजार ७२ रुपैयाँमा सम्पन्न भएको हो । रासस