९ भाद्र २०८३, मंगलवार
,
Latest
पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुबीकुमारी साहको हत्या गरेको आरोपमा एक युवक पक्राउ



अ+ अ-

काठमाडौं । रौतहटको माधवनारायण नगरपालिका- २ मुडबलवाकी रुबीकुमारी साहको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा माधव नारायण – ६ निवासी लक्ष्मण पासवान रहेका जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले जानकारी दिनुभयो ।

डीएसपी कार्कीले भन्नुभयो ‘उनलाई आज बिहान आफ्नै घर नजिकै रहेको माधवनारायण नपा-६ माधोपुरस्थित नहरको बाटोमा जिउमा आगो लगाएको  अवस्थामा बुधबार बिहान हामीले पक्राउ गरेका हौँ ।’

शरीरमा आगो लगाएको पासवानले घटनामा संलग्नता रहेको स्वीकार गरेको बुझिएको छ । आगोले पासवानको शरीरको विभिन्न भाग जलेकोले उपचारको लागि अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

गएको शनिबार राति रुवीको शव गौर नगरपालिका(९ मा पर्ने गौर–सिरसिया सडकखण्डस्थित दिव्यज्योति स्कुलको गेट नजिकै सुटकेसमा फेला परेको थियो।

शव फाल्नको लागि प्रयोग भएको ई–रिक्साका चालक गौरका लक्ष्मण महरालाई यसअघि नै प्रहरीले पक्राउ गरेको थियो।