४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

पोखरा र कोरियाको चेओगं खेलकुद समितिबीच खेलकुद विकास समझदारी

पोखरा र कोरियाको चेओगं खेलकुद समितिबीच खेलकुद विकास समझदारी
अ+ अ-

कास्की। पोखरा महानगरपालिका र गणतन्त्र कोरियाको चेओगं योङ काउन्टी खेलकुद समितिबीच खेलकुद गतिविधिमा मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध अभिवृद्धि गर्ने समझदारी भएको छ ।

पोखरामा आज भएको सो समझदारीपत्रमा पोखरा महानगरपालिकाकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल र चेओगं योङ काउन्टीका तर्फबाट हान ग्वाङ् सेओकले हस्ताक्षर गर्नुभएको छ ।

खेल गतिविधिहरूको माध्यमबाट मैत्रीपूर्ण सम्बन्ध अभिवृद्धि, खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरूबीच भ्रमण आदानप्रदान, पोखराका खेलाडीहरूको प्रदर्शनलाई थप सुधार गर्न समन्वय र सहयोग प्रदान गर्ने, कोरियाली खेलकुदसँग सम्बन्धित उत्पादन साथै अन्य वस्तु तथा सेवाहरूको निर्यातका लागि आवश्यक समन्वय तथा सहकार्य गर्ने उद्देश्यले समझदारी गरिएको नगरप्रमुख धनराज आचार्यले बताउनुभयो ।

प्रमुख आचार्यले भन्नुभयो, “विभिन्न खेलहरूमा हाम्रा खेलाडीहरूको दक्षता अभिवृद्धि गर्न र विशेषज्ञता हासिल गर्न यो समझदारी महत्वपूर्ण हुनेछ । पर्यटकीय राजधानी पोखरालाई खेलकुदको हब बनाउने सन्दर्भमा अन्तरराष्ट्रिय सहकार्यले यसको औचित्य पुष्टि गरेको छ ।”

महानगरप्रमुख आचार्यका अनुसार फुटबल, बक्सिङ, तेक्वान्दो, भलिबल, ब्याडमिन्टन, टेबलटेनिस, लनटेनिस, एथ्लेटिक्स, म्याराथनलगायत खेलका खेलाडीको दक्षता वृद्धि गर्न यस समझदारीले सहयोग पुग्नेछ ।

यसबाट पोखरेली र कोरियाली खेलाडीहरूबीच नियमित मैत्रीपूर्ण खेलको व्यवस्था मिलाउने र कोरियाली प्रशिक्षकको मार्गदर्शनमा पोखराका खेलाडीको क्षमता अभिवृद्धि गर्नसमेत सहज हुने महानगरले जनाएको छ ।

चेओगं योङ काउन्टी खेलकुद समितिका अध्यक्ष हान ग्वाङ् सेओकले पोखराका खेलाडीहरूको प्रदर्शनमा सुधार गर्न उन्नत प्रविधि र प्रशिक्षण विधिहरू प्रदान गरिने बताउनुभयो ।

युवा खेलाडीहरू आदानप्रदान, विद्यालयस्तरका खेलकुदका कार्यक्रमहरू सञ्चालन, पोखरामा रहेका खेलकुद संस्थाहरूलाई व्यावसायिक स्तरको सीप विकासमा सहयोग, समग्र पोखरा महानगरभित्रका खेलकुद गतिविधिहरूका सम्भाव्य क्षेत्रहरूको खोजीका लागि आफूहरू तत्पर रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालले पोखराको समग्र खेलकुद विकासमा उल्लेखनीय सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “खेल पूर्वाधारको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि, खेल सामग्रीहरू सहयोग, प्राविधिक सहायता, आपसमा भ्रमण तथा अनुभव आदानप्रदानका लागि यो समझदारी आधारभूत रूपमा महत्वपूर्ण छ,” उहाँले भन्नुभयो ।

सोही प्रकृतिको समझदारी जिल्ला खेलकुद विकास समिति कास्की र चेओगं योङ काउन्टीको बीचमा पनि भएको छ ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङ, अग्रज पर्यटन व्यवसायी तथा अन्तरराष्ट्रिय खेलाडी गणेशबहादुर भट्टराई, पोखरा महानगरपालिका–१५ का वडाअध्यक्ष एवं महानगरको खेलकुद विकास समितिका संयोजक तोरणबहादुर बानियाँलगायतले समझदारी पोखराका खेलाडीहरूको अन्तरराष्ट्रिय पहुँच स्थापना गर्ने सवालमा निकै महत्त्वपूर्ण रहेको बताउनुभयो । रासस