२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल विवादमा कुटपिट, युवकको मृत्यु, ८ जना पक्राउ



अ+ अ-

स्याङ्जा। वालिङ नगरपालिका–५ मा शनिबार राति मोटरसाइकलको आवाजको विवादले कुटपिटमा परिणत भएको घटनामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।

पक्राउ परेकामध्ये एकजना नाबालक रहेका छन्। घटनाको भोलिपल्ट आइतबार २ जना र त्यसपछि सोमबार ६ जना थप नियन्त्रणमा लिएका थिए।

प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीका अनुसार पक्राउ पर्नेहरूमा हरिनास गाउँपालिका–५ का ६ जना र चापाकोट नगरपालिका–५ का २ जना रहेका छन्। हरिनासबाट पक्राउ पर्नेमा २२ वर्षीय सिजन थापा, २० वर्षीय विवेक मानन्धर, २३ वर्षीय गुरुप्रसाद ‘गोरे’ लम्साल, १७ वर्षीय आर्यन क्षेत्री, २३ वर्षीय विश्वास वाग्ले र २२ वर्षीय निशान थापा रहेका छन्। चापाकोटबाट २४ वर्षीय अनिल शाही र १८ वर्षीय बादल विक पक्राउ परेका छन्।

शनिबार राति ११ बजे भलिबल प्रतियोगिता हेरेर फर्किरहेका युवाहरूले मोटरसाइकल चर्को आवाजमा चलाएको विषयमा ३२ वर्षीय ढालबहादुर थापासँग विवाद गर्दा उनलाई कुटपिट गरेका थिए। गम्भीर घाइते भएका थापालाई गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा मृत्यु भएको थियो।

प्रहरीका अनुसार सबै पक्राउ परेकालाई कर्तव्य ज्यान मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।