३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

समृद्ध नेपाल निर्माणमा मुलुक बाहिरका नेपालीको लगानी आवश्यक छः अर्थमन्त्री पौडेल



अ+ अ-

काठमाडौँ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विश्वभरि छरिएर रहेका नेपालीलाई नेपालमा आएर लगानी गर्न आह्वान गर्नुभएको छ ।

एसोसिएसन अफ नेपाली ओरिजियन (एएनओ) नेपाल च्याप्टरको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उहाँले विभिन्न कारणले विदेसिएका र विदेशमा व्यापार गरिरहेका नेपालीलाई स्वदेशमा लगानी गर्न आग्रह गर्नुभएको हो ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भन्नुभयो,“देशको विकास र समृद्धि नै नेपालीको सुख तथा समृद्धि भएकाले सरकारले सोहीअनुसार काम गरिरहेको छ । यसमा विदेशमा रहनुभएका नेपालीबमे सहयोग आवश्यक छ । सरकारले लगानीको वातावरण तयार पारिरहेको छ र अझै सहजीकरण गर्न तयार छ ।”

सांस्कृतिक राष्ट्रियतालाई जोड्न पनि एएनओको भूमिका रहेको भन्दै उहाँले यस्ता कार्यक्रम आदानप्रदान हुन आवश्यक रहेकामा जोड दिनुभयो ।

एएनओका केन्द्रीय अध्यक्ष डिल्ली अधिकारीले आमनेपालीको सुनौलो भविष्य निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले विश्वका ३२ वटा देशमा रहेका नेपालीको सहभागितामा गत वर्ष थाइल्यान्डमा संस्था गठन गरिएको जानकारी दिनुभयो ।

महासचिव चुडामणि भट्टराईले एएनओ गठनको उद्देश्यबारे आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रम सञ्चालक नेपाल टेलिभिजन सञ्चालक समिति सदस्य पूmलमान बलले पनि एएनओ गठनको उद्देश्यबारे जानकारी गराउनुभएको थियो । सम्मेलनमा इन्ट्रा फाउन्डेसन नेपाल च्याप्टरका अध्यक्ष बाबुकृष्ण कार्कीले पनि आफ्ना धारणा राख्नुभएको थियो ।

सम्मेलनमा पूर्वउपरथि कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा १३ सदस्यीय एएनओको नेपाल च्याप्टरसमेत गठन गरिएको छ । समितिमा उपाध्यक्षमा राजेन्द्र अधिकारी, महासचिवमा फूलमान बल, सचिव कृष्णप्रसाद ओडारी तथा कोषाध्यक्षमा यमुना पराजुली अधिकारी चयन हुनुभएको छ ।

साथै सदस्यमा गीता गुरुङ, डा सुशीला नेपाली, रन्जन बिडारी, कृष्ण विक, रविता तामाङ, सुनिल थापा र दीक्षा चपाई चयन हुनुभएको छ । रासस