ललितपुर। अनलाइन जुवा र लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा एकजना युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर–४ शान्तिकुना मार्गस्थित कोठाबाट सिन्धुली कमलामाई नगरपालिका–२, पिपलभन्ज्याङ घर भएका २६ वर्षीय गौरव स्याङतानलाई सोमबार साँझ ठूलो परिमाणको नगदसहित पक्राउ गरेको हो।
प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ। उनको कोठाबाट कुल ९१ लाख ५० हजार रुपैयाँ, नोट गन्ने मेसिन, तौल गर्ने तराजु, २१ वटा मोबाइल, ल्यापटप, आईप्याड, आठवटा एटीएम कार्ड, पकेट वाइफाइ र ‘चेवाङ्’स् प्ले ग्राउन्ड’ लेखिएको बोर्ड बरामद भएको छ। त्यस्तै, १ किलो ५०० ग्राम गाँजा पनि फेला परेको छ।










