९ भाद्र २०८३, मंगलवार
,
Latest
पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरमा अनलाइन जुवा र लागुऔषध कारोबार गर्ने युवक पक्राउ



अ+ अ-

ललितपुर। अनलाइन जुवा र लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा एकजना युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर–४ शान्तिकुना मार्गस्थित कोठाबाट सिन्धुली कमलामाई नगरपालिका–२, पिपलभन्ज्याङ घर भएका २६ वर्षीय गौरव स्याङतानलाई सोमबार साँझ ठूलो परिमाणको नगदसहित पक्राउ गरेको हो।

प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ। उनको कोठाबाट कुल ९१ लाख ५० हजार रुपैयाँ, नोट गन्ने मेसिन, तौल गर्ने तराजु, २१ वटा मोबाइल, ल्यापटप, आईप्याड, आठवटा एटीएम कार्ड, पकेट वाइफाइ र ‘चेवाङ्’स् प्ले ग्राउन्ड’ लेखिएको बोर्ड बरामद भएको छ। त्यस्तै, १ किलो ५०० ग्राम गाँजा पनि फेला परेको छ।