काठमाडौं। नेपालस्थित अमेरिकी दूतावासले यस वर्षको हरितालिका तीजलाई भव्यताका साथ मनाएको छ। दूतावास परिसरमा आयोजना गरिएको कार्यक्रममा नेपाली परम्परागत नृत्य, गीत तथा सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएका थिए।
कार्यक्रममा राजदूत डिन.आर. थम्पसन दूतावासका कर्मचारी, परिवारका सदस्य तथा नेपाली अतिथिहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। सहभागीहरूले परम्परागत रातो र हरियो पोशाकमा सजिएर तीजको रमाइलोमा रंगिएका थिए।
यस अवसरमा दूतावासले नेपालका सांस्कृतिक चाडपर्वलाई सम्मान गर्ने उद्देश्यले विविध सांस्कृतिक गतिविधिहरू आयोजना गर्ने परम्परा निरन्तरता दिँदै आएको बताइएको छ।
सामाजिक सञ्जालमा तस्बिर साझा गर्दै दूतावासले लेखेको छ, ‘अमेरिकी दूतावासको तर्फबाट हरितालिका तिज पर्वको शुभकामना!’





तस्बिर: दूतावासको फेसबुकबाट










