१ भाद्र २०८३, सोमबार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्र ढकाललाई गाउँको बाटोको सम्झना



अ+ अ-

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं चर्चित नेपाली उद्यमी चन्द्रप्रसाद ढकालले करिब साढे तीन दशक अघि बागलुङ,पर्वत र स्याङ्जामा पैदल हिडेका दिनहरुको सम्झना गर्नुभएको छ ।

छोटो समयमा नै नेपालका उद्योगीहरुको अग्रपंक्तीको सुचीमा पर्न सफल ढकालले आफ्नो जन्मघर बागलुङबाट पर्वतको कार्कीनेटा हुँदै स्याङ्जाको नागडाँडासम्म पैदल हिडेर त्यहाँबाट काठमाडौं जाने बसको यात्रा गरेको स्मरण गर्नुभएको छ । कार्कीनेटाको डाँडाबाट बागलुङ देखिने गरी सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्दै ढकालले नोस्टाल्जिक हुँदै सामाजिक सजालमा लेख्नु भएको छ ‘करिब ३६–३७ वर्षपछि आज स्याङ्जा हुँदै पर्वतको कार्कीनेटामा पुन पुग्ने अवसर मिल्यो । हामी बागलुङ्गेहरु यही बाटो हुँदै स्याङ्जाको नागडाँडा पुगेर मात्र बस चढ्ने र त्यहाँबाट काठमाडौंको यात्रा सुरु गर्ने दिनहरु अझै आँखा अघि ताजा छन् । बिहान सबेरै घरबाट झोला बोकेर यही गाउँको बाटो हुँदै हिँडेका ती सम्झनाहरु फेरी मनमा जागृत भए । ’

ढकालले अतितका ति दिनहरुलाई ‘कठिन तर अमूल्य’को संज्ञा दिनु भएको छ । ‘गाउँघरको सरल जीवनशैली,हरियालीले ढाकिएको सुन्दर प्रकृति अनि बाटोभरी भेटिने आत्मिय मनहरु । यी सबै आज सम्झनामा आज झलझली आए’ ढकालले लेख्नु भएको छ । गाउँको सम्झनाको गहिराईमा अझ डुब्दै ढकालले समय जति बदलिए पनि गाउँको माया,प्रकृतिको सुगन्ध र बाल्यकालका मिठा सम्झनाहरु कहिल्यै नमेटिने ढकालले उल्लेख गर्नुभएको छ । ‘समय बदलिए पनि गाउँको माया,प्रकृतिको सुगन्ध र बाल्यकालका मिठा सम्झनाहरु कहिल्यै मेटिदैनन् रहेछन् ’ ढकालले लेख्नुहुन्छ ‘गाउँ अझै पनि उही आत्मियता सहित देख्दा मन अत्यन्त प्रफुल्लित भएको छ । ’

प्रकृतिले दिएको सुन्दर बरदान हाम्रा पहाड,खोलानाला,जंगल र आतिथ्यतामा सदुपयोग गर्नुपर्ने ढकालको सुझाव छ । उहाँले प्रकृतिका यी बरदानलाई सदुपयोग गर्ने हो भने पर्यटन प्रवद्र्धन गरी मुलुकले आर्थिक आर्थिक विकास र समृद्धिमा फड्को मार्न समय नलाग्ने उल्लेख गर्नुभएको छ ।