२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

धितोपत्र बोर्डले ‘प्री–आईपीओ’ सेयर बिक्री तुरुन्त रोक्न आदेश



अ+ अ-

काठमाडौं। नेपाल धितोपत्र बोर्डले ‘प्री–आईपीओ’ नाममा भइरहेको अवैध सेयर बिक्री र रकम संकलन तुरुन्त रोक्न निर्देशन दिएको छ।

बोर्डले सोमबार जारी गरेको सूचनामा भनिएको छ कि सार्वजनिक निष्कासन प्रक्रियामा नपुगेका कम्पनीहरूले भविष्यमा आईपीओ आउने भनी लगानीकर्तालाई आकर्षित गर्न खोज्दै अनधिकृत रूपमा रकम संकलन गरिरहेको पाइएको छ।

सोशल मिडिया, व्हाट्सएप, भाइबर, फेसबुक समूह, इमेल र एसएमएसमार्फत ‘प्री–आईपीओ’ सेयर खरिदको प्रस्ताव गरिएको गुनासो बोर्डमा आएका छन्। बोर्डले प्रचलित कानुन अनुसार यस्तो व्यवस्था नभएको स्पष्ट पारेको छ।

धितोपत्र ऐन, २०६३ को दफा २९ अनुसार, ५० जनाभन्दा बढीलाई सेयर बिक्री गर्दा मात्र सार्वजनिक निष्कासन अनुमति आवश्यक पर्छ। बोर्डले अनुमति विना यस्तो कार्य नगर्न चेतावनी दिएको छ र अवैध कारोबारमा संलग्न भए कारबाही हुने जानकारी दिएको छ।




भर्खरै