३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी सम्झौताले मुलुकलाई विभाजित गर्यो : पूर्वप्रधानमन्त्री खनाल



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अमेरिकासँगकोमिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताले मुलुकलाई विभाजित गर्ने कामगरेको गरेको टिप्पणी गर्नुभएको छ ।

काष्ठमण्डप संवादसमापन समारोहलाई सोमवार काठमाडौंमा सम्बोधन गर्दै उहाँले मुलुकभित्र राष्ट्रियसहमति सुनिश्चित नगरीकन गरिएको एमसीसी सम्झौताले मुलुकलाई विभाजित गरेको टिप्पणी गर्नुभएको हो । कुनैपनि अन्तरराष्ट्रिय सन्धि सम्झौता गर्दा संसदलाई पूर्वजानकारी दिनुपर्ने व्यवस्था संविधानमा नै उल्लेख गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले अन्तरराष्ट्रिय सन्धि तथा सम्झौताहरु सत्ताधारीहरुको लक्ष्य र चलखेलको विषय बन्नदिन नहुनेमा जोड दिनुभयो । उहाँले एमसीसी सहयोग परियोजना संघीय संसदबाट लज्जाजनकविषयले पास गरिएको उल्लेख गर्दै भविष्यमा यस्तो हुन नदिने कुरामा सबै सजग हुनुपर्ने बताउनु भयो । खनालले एमसीसीलाई गृहकार्य, यथोचित छलफल र सहमतिबिना अनुमोदन गरिएकोउल्लेख गर्दै यसलाई संस्था वा मुलुकको हकमा पनि लागु गर्न सकिने नजिरको रुपमा लिननहुनेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यस्ता (एमसीसी) सन्धि सम्झौता गर्दामुलुकभित्र राष्ट्रिय सहमति सुनिश्चित गरेर मात्र गर्नुपर्छ  । यस्ता सन्धि तथा सम्झौता गर्दा संसदलाईपूर्व जानकारी दिनुपर्ने व्यवस्था संविधानमा नै उल्लेख गरिनुपर्छ । अहिलेसम्म गरिएकाकयौं सहमति तथा सम्झौताहरुले आफ्नै मुलुकलाई विभाजित गर्ने काम मात्र गरेको छ । एमसीसीले पनि मुलुकलाई विभाजित गरेको छ । यस्ता सम्झौता गर्दा राष्ट्रिय सहमतिअनिवार्य सर्त हुनुपर्छ । सत्ताधारीहरुको लक्ष्य र चलखेलको विषय बन्न दिनु हुदैन । यहाँ तएकदुई व्यक्तिहरुको लहड, उनीहरुका निजी स्वार्थ, गुट स्वार्थ, पारिवारिक स्वार्थ आदिआधारमा समेत यस्ता सम्झौताहरु हुने गरेका छन् । हामीले यो सिंगो परिपाटीलाई नैबदल्नुपर्ने आवश्यकता छ । यसपटक एमसीसीलाई बिना गृहकार्य, यथोचित छलफल र सहमति जुनढंगले अनुमोदन गरियो यसलाई अन्य देश वा संस्थाहरुको हकमा पनि लागु गर्न सकिनेनजिरका रुपमा लिनु हुदैन । यस्तो हुँदा भोलि कुनैपनि देशले हामीसँग गरेकोसम्झौता पनि अनुमोदन गर भनेर माग गर्न सक्छ ।’

एमसीसी जस्ता सम्झौताहरु मुलुकको घातक हुने उल्लेख गर्दै उहाँले यस्ता सम्झौता हुनबाट मुलुकलाईहर ढंगले जोगाउनुपर्ने तर्क गर्नुभयो ।  संवादका निष्कर्ष सार्वजनिक गर्दै उहाँले कुनै पनि अन्तर्राष्ट्रिय सम्झौताहरु दबाब र धम्कीमा नभई बराबरीकाआधार गर्नुपर्ने बताउनु भयो । उहाँले परियोजना कार्यान्वयनमा बजेट पारदर्शी हुनुपर्नेतथा एमसीसीलाई स्वायत्त अधिकार दिन नहुने पनि बताउनु भयो । पूर्व प्रधानमन्त्रीले भविष्यमा भूराजनीतिक सन्तुलन, छिमेकी र मित्र राष्ट्रहरूसँगको सम्बन्धमा असरहुने गरी सम्झौता गर्न नहुने बताउनु भयो । उहाँले एमसीसी परियोेजना अमेरिकीसुरक्षा रणनीतिको अङ्ग भएकाले नेपालको लागि हानिकारक हुनसक्ने चेतावनी समेत दिनुभयो । एमसीसी कार्यान्वयनका क्रममा विदेशी कामदारको निगरानी र प्रवेशाज्ञामास्पष्टता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।