४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

शिक्षक महासंघले बुझायो राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षणपत्र

शिक्षक महासंघले बुझायो राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षणपत्र
अ+ अ-

काठमाडौँ । शिक्षक महासङ्घले बुझायो राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षणपत्र नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयक २०८० मा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै देशव्यापी आन्दोलन शुरु गरेको छ ।

महासङ्घले सोमबार प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षणपत्र बुझाएको हो । महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलनको पहिलो चरण अन्तरगत ध्यानाकर्षण पत्र बुझाइएको जानकारी दिनुभयो । आन्दोलनरत शिक्षकहरूलाई नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले विद्यालय शिक्षा ऐनमा राम्रा कुराहरू पनि भएकोले तिनीहरूलाई स्वागत गर्न आग्रह गर्नुभयो । उहाँले शिक्षकहरूका धेरै माग पुरा गरिएको र केही मागहरू भने सम्बोधन गर्न बाँकी रहेकोले आगामी दिनमा सम्बोधन गर्दै जाने बताउनुभयो । उहाँले सरकारलाई पनि शिक्षकसँग गरेका सहमति पालन गर्न आग्रह गर्नुभयो । सरकारलाई ठुलो आर्थिक भार नपर्ने खालका शिक्षकका मागहरू सम्बोधन गरेर अगाडि बढ्न सकिने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘विशेष गरि विद्यालय शिक्षा सम्बन्धी विद्येयकमा उहाँहरूको अपेक्षा के थियो भने सरकारले विगतका विभिन्न समयमा गरेका सम्झौताहरू, सहमतिहरू त्यो कार्यन्वयन गरिदियोस्, त्यस बमोजिम विद्येयक बनिदियोस् भन्ने उहाँहरूको अपेक्षा थियो तर अब सबै कुराहरू उहाँहरूले भनेअनुसारै सम्बोधन गर्ने प्रयत्न कयौँ ढङ्गबाट नभएका होइनन्, भएका छन् । र विद्यालय शिक्षा सम्बन्धी विद्येयकमा धेरै विषयहरूलाई सम्बोधन पनि गरिएको छ । केही महत्वपूर्ण विषयहरू विशेषगरि उहाँहरूलाई आन्तरिक अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायीका लागी ७५ प्रतिशत चाँहि उहाँहरूले प्राप्त गर्नुपर्छ र २५ प्रतिशत मात्रै बाह्य गर्नुपर्छ भन्ने थियो । यसमा अहिले ६० आन्तरिक र ४० बाह्य भनेर ऐनमा व्यवस्था गरिएको छ । त्यसमा उहाँहरूको असहमति छ । त्यसैगरी आवधिक बढुवाका बारेमा उहाँहरूको केही प्रश्नहरू छन्, तथापि पनि हाम्रो साधारण आग्रह उहाँहरूलाई के छ भने अधिकतम मेहनत हामीले यो विद्येयकमा गरेका छौँ । राम्रा विषयहरू परेको छ । यी राम्रा विषयहरूलाई उहाँहरूले स्वागत गर्न उपयुक्त नै हुन्छ । कतिपय विषयहरू समयक्रममा पनि सम्बोधन गर्दै जान सक्छौ । त्यो ठाउँमा हामी छौँ र हामीले उहाँहरूलाई भेट्दा पनि बताएका छौँ । आम रुपमा सरकारले पनि सहमति गरेका केही विषयहरू जुन अहिले हामी कार्यन्वयन गर्न सक्छौँ । जसमा आर्थिक ठुलो बोझ सरकारलाई पनि नपर्ने अवस्था छ । त्यस्ता पाटोलाई जो सहमति गरेको छ, ती कुराहरूलाई चाँहि अगाडि बढाउन उपयुक्त हुन्छ भन्ने पनि हाम्रो आग्रह छ ।’

नेपाली काङ्ग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतक कृष्ण बहादुर रोकायले अहिले शिक्षा विद्येयक आउनु नै महत्वपूर्ण भएको बताउनुभयो । सङ्घीयतालाई कार्यन्वयन गर्नको लागी विद्यालय शिक्षा ऐन, सङ्घीय निजामती ऐन र प्रहरी ऐन बन्न आवश्यक रहेको औँल्याउँदै उहाँले यो विद्येयक आउनु नै महत्वपूर्ण कुरा भएको बताउनुभयो । उहाँले विद्येयक अपरिवर्तनीय नभएकोले अभ्यास गर्दै जाँदा समस्या परेको अवस्थामा संशोधन गर्न सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पहिलो कुरो चाँहि अहिले शिक्षा विद्येयक आउनु नै महत्वपूर्ण कुरा हो । किनभने सङ्घीयतालाई चाँहि कार्यन्वयन गर्नको निम्ति विद्यालय शिक्षा ऐन, सङ्घीय निजामती ऐन र प्रहरी ऐन यो तीन/चार वटा ऐन विद्येयक बन्न चाँहि जरुरी थियो । अहिले संघियता कार्यन्वयनमा गएको ६/७ वर्ष भईसक्यो । यो बीचमा चाँहि हामीले ३/४ वटा विद्येयक ल्याउन जरुरी थियो । त्यसकारण यो विद्येयक आउनु नै महत्वपूर्ण कुरा हो । दोस्रो कुरा यो विद्येयक आईसकेपछि कुनै पनि विद्येयक चाँहि अपरिवर्तनीय त हुँदैन । एक पटकको लागी मात्रै त आउँदैन । भोली अभ्यास गर्दैगर्दा जहाँनेर समस्या हुन्छ, जुन कुराको आवश्यकत्ता हुन्छ, त्यसलाई फेरि पनि संशोधन गर्न सकिन्छ ।’

नेपाली काङ्ग्रेस महासङ्घले विद्यालय शिक्षा विधेयकले शिक्षकहरूको सेवा–सुविधा, स्थायित्व र अधिकारलाई कमजोर बनाएको जनाएको छ । शिक्षकहरको गत वैशाखमा एक महिनासम्म चलेको आन्दोलन ९ बुँदे सहमतिपछि स्थगित भएको थियो, तर भदौ ६ मा प्रतिनिधिसभामा पेस भएको विधेयकमा ती सहमति कार्यान्वयन नभएको महासंघ पुनः आन्दोलनमा होमिएको महासङ्घका अध्यक्ष सुवेदीले बताउनुभयो । महासङ्घले २०७५, २०७८, २०८० र २०८१/८२ मा सरकारसँग भएका सहमति लागू गर्न, अस्थायी शिक्षकका लागि ७५% आन्तरिक र २५% खुला पदपूर्ति (हालको ६०%–४०% को सट्टा), आवधिक बढुवा, म्याद सकिएको अध्यापन अनुमतिपत्रको नवीकरण, विद्यालय कर्मचारीको तलब र पद, बालकक्षा शिक्षकको सेवा, संस्थागत विद्यालयका शिक्षकको सुरक्षा, द्वन्द्वपीडित शिक्षकको उपदान र शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरणको विरोध गरेको छ ।