४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सशस्त्र प्रहरी बल रौतहटद्वारा ३० बोरा सुर्ती बरामद

सशस्त्र प्रहरी बल रौतहटद्वारा ३० बोरा सुर्ती बरामद
अ+ अ-

रौतहट । सशस्त्र प्रहरी बल रौतहटले अवैधरुपमा भण्डारण गरेर राखेको ३० बोरा सुर्ती तथा सुर्तीजन्य पदार्थ बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल रौतहटका प्रमुख तथा सशस्त्र प्रहरी उपरीक्षक सन्तोषकुमार बस्नेतले ईशनाथ नगरपालिका–४ मठियास्थित रामसिंह चनौको भट्टी पसल नजिकैबाट सो परिमाणको सूर्तीजन्य पदार्थ आज बरामद गरेको जानकारी दिनुभयो ।

‘‘सशस्त्र प्रहरी प्रमुख बस्नेत र ‘बोर्डरआउटपोष्ट’ औरैयाका सशस्त्र प्रहरी निरीक्षक खेमरोज जोशीको कमाण्डमा खटिएको संयुक्त टोलीले सीमास्थित दशगजा क्षेत्रदेखि करिब दुई सय मिटर पूर्वतर्फ रामसिंह चनौको भट्टी पसलको छेउ र चुमन मियाँको धान खेतमा अबैध रुपमा भण्डारण गरी लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरिएको ३० बोरा सुर्तीजन्य पदार्थ गौर भन्सार कार्यालयमा बुझाइएको छ ।” उहाँले भन्नुभयो ।

सशस्त्र प्रहरी बल रौतहटले गत आर्थिक वर्ष २०८१÷८२ मा रु पाँच करोड ७४ लाख दुई हजार छ सय ९९ मूल्य पर्ने भन्सार छलीका विभिन्न सामान बरामद गरेको छ ।

जिल्लास्थित बङ्कुल, गौर, रामपुरखाप, औरैया, बन्जराहा, जयनगर र मटियास्थित सीमावर्ती क्षेत्रका सुरक्षाकर्मी एवं भन्सार कर्मचारीलाई छलेर सुर्तीजन्यसहित विभिन्न किसिमका लागूपदार्थ, लत्ताकपडा, खाद्यान्न, तरकारी, मासुजन्य पदार्थ, साना तथा मझौला खालका हातहतियार, पटकालगायतका अवैध सामग्री नेपालतर्फ भित्रिने तथा चोरी डकैती गरी सीमापार भएर सुरक्षित हुनखोज्ने गैह्रकानुनी घटनाक्रम न्यूनीकरण तथा नियन्त्रण गर्न सशस्त्र प्रहरी वल केन्द्रित रहेको प्रमुख बस्नेतले स्पष्ट गर्नुभयो ।

रौतहटका सशस्त्र प्रहरी प्रमुख बस्नेतका अनुसार जिल्लास्थित स्थानीय निकाय, विभिन्न राजनीतिक दल, नागरिक समाज र सर्वसाधारण जनतासमेतको साथ–सहयोग र समन्वयमा सीमा तथा भन्सार क्षेत्रमा हुनसक्ने अवैधकारोबारसहित गैह्रकानुनी गतिविधि न्यूनीकरण तथा नियन्त्रण गर्ने सन्दर्भमा उल्लेख्य सफलता प्राप्त भएको छ । रासस