४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

‘सही नेतृत्व नभएसम्म देशको विकास हुन नसक्ने’

‘सही नेतृत्व नभएसम्म देशको विकास हुन नसक्ने’
फाइल फोटो
अ+ अ-

लिस्बन । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले सही नेतृत्व नभएसम्म देशको विकास हुन नसक्ने बताउनुभएको छ ।

नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलको आयोजनामा राजधानी लिस्बनमा आयोजित कार्यक्रममा पूर्व कार्यकारी निर्देशक घिसिङले सबै समस्या नेतृत्व तहसँग जोडिने भएकाले देशको समग्र विकासका लागि राजनीतिक नेतृत्व सही हुनुपर्ने जिकिर गर्नुभयो ।

“सही व्यक्ति सही ठाउँमा भए सबै कुरा सही नै हुन्छ । नेपालमा यस्तो नहुँदा समस्या देखिएको हो”, उहाँले भन्नुभयो, “नेपालमा केही भएको छैन भन्ने होइन, परिवर्तन भएको छ । सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रमा परिवर्तन भएको छ ।”

राम्रो गरौँ भनेर आएकाहरुलाई प्रोत्साहन गर्नुपर्नेमा पूर्व कार्यकारी निर्देशक घिसिङले जोड दिनुभयो । रोजगारी सिर्जना गर्न नसक्दा युवा विदेश पलायन भइरहेकामा चिन्ता व्यक्त गर्दै उहाँले यसलाई रोक्न गम्भीर हुनुपर्ने बताउनुभयो ।

नेपालको अर्थतन्त्रमा रेमिट्यान्सले ठूलो टेवा पुर्याएको उल्लेख गर्दै उहाँले विदेशमा रहेका नेपालीकोे देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको बताउनुभयो । गैर आवासीय नेपालीको नागरिकताको समस्या सम्बोधन गर्नुपर्ने र नेपालमा लगानीको वातावरण बनाउनुपर्नेमा पूर्व कार्यकारी निर्देशक घिसिङले जोड दिनुभयो ।

कार्यक्रममा महासङ्घका अध्यक्ष चोपकुमार रानामगर, महासङ्घका सल्लाहकार सोमफुरी शेर्पा, अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष अर्जुन घिमिरे, महासङ्घका वरिष्ठ उपाध्यक्ष सोनाम योञ्जनलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । सो अवसरमा घिसिङलाई नागरिक अभिनन्दन गरिएको थियो ।