२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्य व्यवस्था समिति सभापति र उपसभामुखबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरका विषयमा छलफल गर्न आज पदाधिकारी बैठक बोलाएको छ ।

सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा पदाधिकारीको बैठक बोलाएका हुन् ।

बैठक बिहान १० बजे बस्ने छ ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानामगरमाथिको पदीय आचरण विपरीतको कार्य गरेको भन्दै हटाउन भइरहेको गृहकार्यबारे छलफल गर्न देउवाले बैठक बोलाएको बताइएको छ ।

यस्तै सङ्घीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गडबडी गरेको पाइएपछि विवादमा परेका सभापति रामहरि खतिवडाले राजीनामा दिएकोबारे पनि बैठकमा छलफल हुनेछ ।

यो कार्यको पार्टीभित्रका इतर समूहका नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विरोध गरेपछि छलफलका लागि देउवाले बैठक बोलाएको बुझिएको छ ।