११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना

सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना
अ अ+ अ-

काठमाडौँ। काठमाडौँमा दुई दिने एसुस एण्ड रोग गेमिंग डेजको आयोजना भएको छ।

आइतबार काठमाण्डौको पुतलीसडक स्थित आईटिटिआई स्टोर बाई नागमणि र गत साता शुक्रबार ललितपुरको लाबिम मल स्थित निओ गेमिंग स्टोर गरि दुई दिने कार्यक्रम आयोजना गरिएको हो।

विश्वकै नम्बर वान गेमिङ ब्राण्डको रुपमा रहेको रिपब्लिक अफ गेमर्स (आरओजी) को घरको रुपमा रहेको एसुस नेपालले यो अवसरमा तीन नयाँ मोडलको गेमिङ ल्यापटप समेत सार्वजनिक गरेको छ । आरओजी स्ट्रिक्स जी सिक्सटिन ( ROG Strix G16 ) , टफ गेमिंग एफ सिकस्टिन ( Tuf Gaming F16 ) र एसुस गेमिंग भी सिक्सटिन ( ASUS Gaming V16 ) गरि तिन नयाँ गेमिंग ल्यापटप आकर्षक मूल्यमा नेपाली बजारमा उपलब्ध हुनेछन्।

कार्यक्रममा नेपालका सबैभन्दा चर्चित इ-स्पोर्ट्स टिममध्ये एक होर इस्पोर्ट्सका सीआर सेभेन होर ( CR7 Horaa ) उपनाम भएका सन्जन गौतम खेलाडी विशेष अतिथिको रुपमा उपस्थित भएका थिए। नेपालमै सबैभन्दा धेरै पछ्याइने मध्यका एक गेमिंग इन्फ्लुएन्सर रहेका गौतमले सो अवसरमा एसुसका नयाँ प्रोडक्ट समेत सार्वजनिक गरेका थिए। सो अवसरमा उनका फ्यानहरुसंग भेटघाट कार्यक्रम समेत आयोजना गरिएको थियो।

पब्जी मोबाइल वर्ल्ड कपमा विश्वकै नवौं स्थानमा पर्न सफल भैसकेको होर स्पोर्ट्सका खेलाडीहरुले दुई दिन अघि लाबिम बलमा पनि प्रोडक्ट सार्वजनिक गरेका थिए भने फ्यानहरुसंग भेटघाट समेत गरेका थिए। होर स्पोर्ट्स पब्जी मोबाइल वर्ल्ड कपमा लगभग २ करोड पुरस्कार राशि हात पार्न सफल टिम हो।

होरा ईस्पोर्टस् का खेलाडिहरु भेट्न उल्लेख्य संख्यामा प्रशंसकहरु उपस्थित भएका थिए। उनीहरुको मनोरंजनको लागि एफ् सी २५ को प्रदर्शन प्रतियोगिता संचालन गरि नगद पुरस्कार र विविध प्रविधि सम्बन्धि सामानहरु गिफ्ट गरिएको थियो।

उक्त कार्यक्रममा एसुसका प्रतिनिधिहरुले ‘रोग’ सिरिजका ल्यापटपहरुको विशेषताहरुको जानकारी दिँदै नेपाली ईलेक्ट्रोनिक् गेमर्स् हरुको प्राविधिक आवश्यकता यी ल्यापटपहरुले पुरा गर्ने विश्वास लिएका छन्।

कार्यक्रममा एसुसका नयाँ मोडलको गेमिङ ल्यापटपको प्रयोग पछि सन्जन गौतम ( सीआर सेभेन होर ) ले प्रोडक्टको तारिफ गरे। उनले एसुसका नयाँ गेमिंग ल्यापटपको परफरमेन्स तारिफयोग्य रहेको, खेल्न सहज र आरामदायी भएको त्यसैले प्रो गेमर्सहरुको लागि उत्कृस्ट रोजाई हुने विश्वास व्यक्त गरे।