४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

जनतालाई खुसी बनाउने गरी सेवालाई चुस्त बनाउनुपर्छः मन्त्री न्यौपाने

जनतालाई खुसी बनाउने गरी सेवालाई चुस्त बनाउनुपर्छः मन्त्री न्यौपाने
अ+ अ-

दमौली । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले जनतालाई खुसी बनाउने गरी सेवालाई चुस्त बनाउनुपर्ने बताउनुभएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिकाले आज यहाँ आयोजना गरेको स्वागत एवं भेटघाट कार्यक्रममा उहाँले सार्वजनिक निकायबाट प्रवाह हुने सेवा पारदर्शी र सुशासनयुक्त हुनुपर्ने उल्लेख गर्नुभयो ।

राजनीति गर्नेका लागि जनता नै सबैभन्दा माथि रहने भन्दै मन्त्री न्यौपानेले जनताको सुविधाका लागि जनप्रतिनिधिले काम गर्नुपर्नेमा जोड थियो । उहाँले सार्वजनिक निकायबारे जनताले उठाएका प्रश्न सम्बोधन गर्नेतर्फ जनप्रतिनिधि लाग्नुपर्ने बताउनुभयो ।

मन्त्री न्यौपानेले भन्नुभयो, “जनता खुसी र सुखी हुनुपर्छ । सार्वजनिक निकायले पारदर्शी भएर सेवालाई चुस्त दुरुस्त बनाउन लाग्नुपर्छ । जनताले गर्ने प्रश्नबाट भाग्ने होइन समाधान गर्ने हो ।” उहाँले विकासका कामले गति लिए पनि जनता यत्तिमै सन्तुष्ट नरहेकाले गति बढाउन लाग्नुपर्ने धारणा राख्नुभयो ।

मन्त्री न्यौपानेले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेकाले समाजलाई नकारात्मक सन्देश प्रवाह भइरहेको भन्दै प्रविधिको दुरुपयोग रोक्न आवश्यक रहेको बताउनुभयो ।

त्यस क्रममा शुक्लागण्डकी नगरपालिका प्रमुख कृष्णराज पण्डितले नगरपालिकाले प्रवाह गरिरहेको सेवाका बारेमा मन्त्री न्यौपानेलाई जानकारी गराउनुभएको थियो ।