२८ असार २०८३, आईतवार
,
Latest
क्युबामा देशव्यापी बिजुली कटौतीपछि आइतबारदेखि विद्युत आपूर्ति पुनर्स्थापना मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो दलित समुदायले सम्मानजनक थर राख्न पाउने अधिकार सुनिश्चित हुनुपर्छः सचेतक परियार बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द ‘नेपाली भाषाको विकास र विस्तारमा भानुभक्त आचार्यको योगदान महत्वपूर्ण’ बङ्गलादेशमा मनसुनी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, हजारौँ विस्थापित राप्तीमा बेपत्ता एक जनाको शव फेला इरानमा अमेरिकी र इरानद्वारा खाडी राष्ट्रहरुमाथि आक्रमण, स्थिति झनै गम्भीर गोदावरी नदीबाट एक जनाको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेभान्टेमाथि बार्सिलोनको संघर्षपूर्ण जित



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई ३–२ गोलले हराएको हो ।

लेभान्टेको घरेलु मैदानमा बार्सिलोनाले जित निकाल्न एक आत्मघाती गोलको सहारा पाएको थियो जुन खेल सकिनै लाग्दा इन्जुरी समयमा सम्भव भयो ।

खेलको १५ औं मिनेटमा इभान रोमेरोले गोल गर्दै लेभान्टेलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, पहिलो हाफकै इन्जुरी समयमा लुइस मोरालेसले गोल गर्दै लेभान्टेको अग्रता दोब्बर पारे । यता दोस्रो हाफको सुरुवाती चरणमै बार्सिलोनाले दुई गोल गर्दै खेललाई बराबरीमा ल्याए । पेड्रीले ४९ औं तथा फेरान टोरेसले ५२ औं मिनेटमा गोल गरे ।

खेल सकिनै लाग्दा इन्जुरी समयमा लेभान्टेका युनाई एल्गेजवालले आत्मघाती गोल गरेपछि बार्सिलोना ३–२ गोलले विजयी बन्यो । बार्सिलोनाको यो लगातार दोस्रो जित हो भने लेभान्टेको लगातार दोस्रो हार ।