३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ विचारसहितको नयाँ पुस्ता आवश्यकः डा. बाबुराम भट्टराई



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले बहसलाई वैचारिश ढंगबाट अघि बढाउन जरुरी रहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अहिले बहस वैचारिक ढंगले भन्दा व्यक्ति केन्द्रित भइरहेको बताउनु भयो । उहाँले पुस्तान्तरण हुन जरुरी रहेको तर विचारसहितको पुस्तान्तरण आजको आवश्यकता भएको बताउनु भयो । पुस्तान्तरण मात्रै भन्दा राजावादीहरुले पूर्वराजा ज्ञानेन्द्र शाहका नातीलाई अघि सारेको पनि बताउनु भयो। नयाँ विचारसहितको नयाँ पुस्ता आवश्यक रहेको उहाँको भनाइ छ ।  विविधतायुक्त, आर्थिक, सामाजिक अवस्थालाई माथि उकास्ने गरी अघि बढ्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बहसलाई वैचारिक ढंगले अघि बढाउनुस्, व्यक्ति केन्द्रित बढी भइरहेको छ । पुस्तान्तरण हुनु त पर्छत तर विचारसहितको पुस्तान्तरण हुनुपर्छ । पुस्तान्तरण भन्दा राजावादीहरुले समाति हाले नातीलाई त लगेर घुमाए नि जुम्लामा गएर । त्यो पुस्तान्तरण गरे उनीहरुले । तपार्ईंहरुको तर्क त्यही कारण हुँदैन । कुरामात्रै गरेर हुँदैन । नयाँ विचारसहितको नयाँ पुस्ता आवश्यक छ । नेपाल जस्तो देशमा धेरै विविधतायुक्त, आर्थिक, सामाजिक रुपमा पछाडि परेको । भूराजनीतिक रुपबाट चेपुवामा परेको । अहिले देखिहाल्नुभयो, लिपुलेक प्रकरण । सम्पूर्ण देशलाई एकतावद्ध राख्न, छिटो आर्थिक विकास गर्न र सबैलाई न्यायको प्रत्याभुति गराउन अलिकति लेफ्टर्स सेन्टर डेमोक्रेटिक फोर्स चाहिन्छ ।’

अध्यक्ष भट्टराईले वैचारिक राजनीतिक शक्तिको विकल्प नरहेको बताउनु भयो ।