१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई जनार्दनको जवाफ-शेषनागले पृथ्वी धान्ने कुरा दन्ते कथा भैसक्यो



अ+ अ-

काठमाडौंः नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै शेषनागले पृथ्वी बोक्ने कुरा दन्ते कथा भइसकेको टिप्पणी गर्नुभएको छ ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँको भनाई थियो शेषनागले पृथ्वी कहीँ बोक्ने गरेको भन्ने कहीँ छैन ।

उहाँले शेषनागले पृथ्वी बोक्ने कुरा दन्तेकथा भइसकेको मात्र बताउनुभएन, शेषनागले काँध फेर्दा या हल्लिँदा भूकम्प आउँछ भन्ने नसोच्न चेतावनी समेत दिनुभयो । उहाँले आजको विज्ञानले नागले काँध फेरेर होइन कि पृथ्वी किन हल्लिन्छ भन्ने कुराको वैज्ञानिक अनुसन्धान गरेर पुष्टि समेत गरिसकेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “शेषनागले कहीँ पृथ्वी बोकेको पनि छैन र शेषनागले बोकेको पनि हुँदैन । त्यो त दन्ते कथा हो । शेषनागले पृथ्वी बोकेको छ, त्यसले यसो हल्लाइदियो भने भूकम्प आउँछ भन्ने जस्ता कुरा त अब दन्ते कथा नै भैसके । आज त विज्ञानले अर्कै पुष्टि गरिसक्यो । त्यसकारणले यो पृथ्वी चल्छ, केही ढल्दैन । कसैले काँध फेर्दा केही हल्लिँदैन ढुक्क भए हुन्छ ।”

यो पृथ्वीलाई कसैले छोड्दैमा केही नहुने र नढल्ने उहाँको टिप्पणी थियो ।

सो पार्टीका अध्यय प्रचण्डले आफूले प्रमुख प्रतिपक्षी दल भए पनि सरकारको एक किसीमले काँध नै थापेको र यदि आफूले काँध फेर्ने अवस्था आयो भभने सबै सिस्टम नै हल्लिने टिप्पणी गर्नुभएको थियो ।

अध्यक्ष प्रचण्डको सो भनाईको जवाफमा आज शर्माले यो टिप्पणी गर्नुभएको हो । केही समयता अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माबीच असमझदारी बढ्दो देखिएको छ । उहाँहरुबीचको विवाद अब भने सार्वजनिक रुपमा नै यसरी सतहमा आउन थालेको हो । —न्युज एजेन्सी नेपाल