१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सगुना–फाग समेटिएको पुस्तक ‘लोली गौरा’ प्रकाशन



अ+ अ-

कञ्चनपुर। देउडा संस्कृति संरक्षण प्रतिष्ठान जिल्ला शाखा कञ्चनपुरले सुदूरपश्चिम क्षेत्रको महत्त्वपूर्ण पर्व गौरामा गाइने सगुना–फागहरूको संगालो ‘लोली गौरा’ पुस्तक प्रकाशनमा ल्याएको छ ।

डडेल्धुरा, बैतडी, दार्चुलालगायतका जिल्लामा गाइने सगुना–फागहरू लोप हुँदै गएकाले बुढापाकाहरूसँग सङ्कलन गरी पुस्तकका रूपमा प्रकाशन गरी प्रतिष्ठानले बजारमा ल्याएको हो । पुस्तकको लेखन तथा संयोजन प्रतिष्ठानका जिल्ला शाखा अध्यक्ष गोदावरी ठगुन्नाले गर्नुभएको छभने पुस्तकको सम्पादन महेशकुमार जोशीले गर्नुभएको छ ।

पहिलो चरणमा एक हजारप्रति पुस्तक प्रकाशन गरिएका छन् । “लोली गौरा केवल किताब मात्र नभई हराउँदै गएको संस्कृतिलाई जोगाउने कडीका रूपमा छ”, अध्यक्ष ठगुन्नाले भन्नुभयो । रासस